३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा छः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा लागेको आरोप लगाउनुभएको छ ।

नख्खु कारागारमा सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेसँग बुधवार साँझ भेट गरेपछि यस्तो प्रतिक्रिया दिनुभएको हो । सरकारले उपसभामुखमाथि झम्टिने काम गरेको आरोप लगाउनु भयो । उहाँलै रविसँगको भेटमा भैरहवाको भन्दा राम्रो व्यवस्था रहेको बताउनुभएको जानकारी गराउनु भयो । साथै भैरहवामा गोलघरमा जस्तै राखिएको गुनासो गर्नुभएको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘मेरो क्याबिनेटको दुई पटकको गृहमन्त्री हो रवि जी । भैरहवा पनि जान चाहेको थिएँ, नमिलेर हो । भैरुहवा बस्दाको अवस्था निकै जटिल थियो । भैरहवामा गोलघर जस्तै राखिएको भन्नुभयो । यहाँ आएपछि बसाई राम्रो भएको, खानपिन राम्रो भएको बताउनु भयो । यहाँको व्यवस्थापनको प्रशंसा गर्नुभयो । मेरै जस्तो केसमा अरुले उन्मुक्ति पाउने मलाई मात्रै लखेटियो भनेर कुरा राख्नुभयो । अदालतले नै तोकेको बिगो बैंक धरौटी राखेपछि म मुद्दा लड्छु भन्दा त्यत्ति सुविधा पनि पाइँन । सरकार र यो गठबन्धन मप्रति यति धेरै अनुदार, यति धेरु विभेद किन गरेको हो, बुझ्न सकेको छैन भन्नुभयो । उपसभामुखलाई झम्टिने काम यो गठबन्धनले गरेको छ । इन्दिरालाई देखाएर सबै संवैधानिक निकाय कब्जा गर्ने डिजाइनअन्तर्गत भएको हो ।’

अध्यक्ष दाहालले रविमाथि काँग्रेस र एमालेले गरेको व्यवहारबाट देशभर रास्वपालाई फाइदा भएको कुरा बुझ्नुभएको बताउनु भयो ।