७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

ब्राण्ड्स एण्ड वियोण्ड भदौ १९ र २० गते हुने

ब्राण्ड्स एण्ड वियोण्ड भदौ १९ र २० गते हुने
अ+ अ-

काठमाडौं । ब्राण्ड बिल्डिङ्ग, ब्राण्ड पोजिसनिङ्ग, मार्केटिङ्ग, स्टोरीटेलिङ्ग सँगै क्रियटिभ दुनियाका व्यवसायिक व्यक्ति तथा जिज्ञासुहरु सहभागी हुने ब्राण्ड्स एण्ड वियोण्ड–२०२५ यही भदौ १९ र २० गते हुने भएको छ । कार्यक्रम ललितपुरको द प्लाजामा हुने भएको हो ।

ब्राण्ड गफले दोस्रो संस्करणको रुपमा संचालन गर्न लागेको यो अन्तर्राष्ट्रिय कन्फ्रेन्स सन् २०२४ मा पहिलो पटक आयोजना गरिएको थियो । जसमा विश्वविख्यात क्रियटिभ डाइरेक्टर र ब्राण्ड स्टाटेजिष्टहरुको उपस्थिति रहेको थियो । यस संस्करणमा पनि अन्तर्राष्ट्रिय स्तरमा ब्राण्ड र मार्केटिङ्गको क्षेत्रमा लामो समय काम गरी आफूलाई स्थापित गरेका ब्राण्ड क्रियटर्स र मार्केटर्सहरुको उपस्थिति रहने छ ।

कार्यक्रममा मुख्य वक्ताका रुपमा दिल्लीका नरेश गुप्ता, मुम्बईका राजेश केभि, दुबईबाट सारा फोब्र्स, श्रीलंकाबाट सोहन धर्मराजा, सिंगापुरबाट स्टेफन सेवार्ज र बंगलादेशबाट तफिक मुमद लगायतले मार्केटिङ्गको पछिल्लो ट्रेण्ड र स्टाटेजी सँगसँगै केस स्टडीद्धारा सहभागिहरुको क्षमता विकास गर्नेछन् ।

नेपाल विज्ञापन बोर्डको समेत सहकार्य रहेको यस कार्यक्रममा नेपालको विभिन्न ब्राण्ड क्रियटर्स र मार्केटर्सहरुसँगको अन्र्तक्रिया समेत समावेश हुनेछ । २ दिन सम्म चल्ने कार्यक्रममा विभिन्न ८ विषयगत सेसनहरु सञ्चालन हुनेछन् । जसमा ब्राण्ड र मार्केटिङ्गको क्षेत्रमा विश्वमा कहाँ के भैरहेको छ ? अहिलको ट्रेण्ड के छ ? डिजिटल मिडिया र एआई सम्मको आजको युगमा अबको मार्केटिङ्ग बजार कस्तो छ ? अवसर कस्ता छन् र चुनौतीहरु के छन् भन्ने जस्ता विषयहरुमा छलफल र मन्थन हुनेछ ।

ब्राण्ड र मार्केटिङ्ग क्षेत्रका दिग्गज देखि यस क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई एकैठाउँमा राखेर उनिहरुको अनुभव सुन्दा यसले नेपाली मार्केटिङ्ग क्षेत्रलाई पक्कै योगदान दिने आयोजकले विश्वास लिएको छ ।

विभिन्न अनौपचारिक कार्यक्रमहरु पनि समावेश गरिएकोले गेष्ट र सहभागीहरु बिच खुलेर छलफल हुने र भोलिका दिनमा एक आपसमा सम्बन्ध स्थापित गरी ब्राण्ड र मार्केटिङ्गको क्षेत्रमा नयाँ सम्भावनाहरुको ढोका खुल्न सक्ने अवसरको रुपमा लिइएकोले आयोजकले यस क्षेत्रमा आवद्ध रहेका सबैलाई जोडिन आग्रह गरेको छ ।

कार्यक्रममा सहभागी हुनका लागि रजिष्ट्रेसन खुल्ला भइसकेको छ ।