५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाषासम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो



अ+ अ-

विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले गएको साउन २५ गते विधेयक सदनमा पेस गरेपछि सैद्धान्तिक छलफलका क्रममा २९ जना प्रदेशसभा सदस्यले आ–आफ्नो विचार र सुझाव राख्नुभएको छ ।

आजको बैठकमा मन्त्री राईले सबैले अपनत्व ग्रहण गरी विधेयकलाई सर्वसम्मत पारित गरिदिन आग्रह गर्नुभयो । भाषा आयोगले मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउन गरिएको सिफारिसका आधारमा यो विधेयक ल्याइएको हो । प्रदेशमा १०९ भाषाभाषी रहेकामा तीमध्ये १३ वटा भाषालाई सरकारी कामकाजको भाषा हुनुपर्ने आयोगको सिफारिस छ ।

विधेयक टेबुल

‘कोशी प्रदेश तथ्याङ्कसम्बन्धी कार्यलाई व्यवस्थित गर्न बनेको विधेयक’ सदनमा टेबुल भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले विधेयक सदनमा पेस गर्ने प्रस्ताव राखेकामा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले स्वीकृत भएको थियो ।

मन्त्री मगरले सरकारले बनाउने योजनालाई व्यवस्थित एवं सफल बनाउन तथ्याङ्कको महत्त्वपूर्ण भूमिका रहने भएकाले विधेयक ल्याउनुपरेको जानकारी दिनुभयो ।

प्रतिवेदन

आजको बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रामदेव यादवले कोशी प्रदेश वन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सदनमा वाचन गर्नुभयो ।

शून्य समय

सभाको शून्य समयमा प्रदेशसभा सदस्य डोल्मा तामाङ, सपना दर्जी, गोम्बु शेर्पा, नम्बरलाल धिमाल, मीना श्रेष्ठ र शोभा चेम्जोङले प्रदेशका विविध समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।