२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाषासम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो



अ+ अ-

विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले गएको साउन २५ गते विधेयक सदनमा पेस गरेपछि सैद्धान्तिक छलफलका क्रममा २९ जना प्रदेशसभा सदस्यले आ–आफ्नो विचार र सुझाव राख्नुभएको छ ।

आजको बैठकमा मन्त्री राईले सबैले अपनत्व ग्रहण गरी विधेयकलाई सर्वसम्मत पारित गरिदिन आग्रह गर्नुभयो । भाषा आयोगले मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउन गरिएको सिफारिसका आधारमा यो विधेयक ल्याइएको हो । प्रदेशमा १०९ भाषाभाषी रहेकामा तीमध्ये १३ वटा भाषालाई सरकारी कामकाजको भाषा हुनुपर्ने आयोगको सिफारिस छ ।

विधेयक टेबुल

‘कोशी प्रदेश तथ्याङ्कसम्बन्धी कार्यलाई व्यवस्थित गर्न बनेको विधेयक’ सदनमा टेबुल भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले विधेयक सदनमा पेस गर्ने प्रस्ताव राखेकामा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले स्वीकृत भएको थियो ।

मन्त्री मगरले सरकारले बनाउने योजनालाई व्यवस्थित एवं सफल बनाउन तथ्याङ्कको महत्त्वपूर्ण भूमिका रहने भएकाले विधेयक ल्याउनुपरेको जानकारी दिनुभयो ।

प्रतिवेदन

आजको बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रामदेव यादवले कोशी प्रदेश वन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सदनमा वाचन गर्नुभयो ।

शून्य समय

सभाको शून्य समयमा प्रदेशसभा सदस्य डोल्मा तामाङ, सपना दर्जी, गोम्बु शेर्पा, नम्बरलाल धिमाल, मीना श्रेष्ठ र शोभा चेम्जोङले प्रदेशका विविध समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।