२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाबाटै शेखर कोइरालालाई उपसभामुखको फोन



फाइल फोटो
अ+ अ-

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई फोन गरेकी छन् । अहिले अमेरिकामा रहेकी उपसभामुखले मंगलबार नेता कोइरालासँग फोन संवाद गरेकी हुन् ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले)ले उपसभामुखमाथि आचरणको प्रश्न उठाउँदै पदबाट हटाउने तयारी गर्दै आफ्ना सांसदहरूको हस्ताक्षर लिएको छ । यसै सन्दर्भमा उपसभामुखले नेता कोइरालालाई फोन गरेकी हुन् ।

रानाले कोइरालासमक्ष ‘प्रजातन्त्रका लागि लडेको कांग्रेस पार्टीले के गर्न लागेको हो ?’ भनेर कुरा गरेको बताइएको छ । जबाफमा नेता कोइरालाले आफ्नो ठाउँबाट लागिरहेको बताएका थिए ।

कांग्रेसले आज संसदीय दल सिंहदरबारमा सांसदहरूलाई बोलाएर हस्ताक्षर गर्दा शेखर कोइरालानिकट केही सांसदले
भने प्रयोजन नखुलाई गरिएको हस्ताक्षरमा सहभागी नहुने बताएका थिए ।

गत वर्ष पनि उपसभामुख राना मगरलाई हटाउन कांग्रेस र एमालेले तयारी गर्दा नेता कोइरालाले विरोध जनाएका थिए ।

कांग्रेस र एमाले उपसभामुखलाई पदबाट हटाउने तयारी गर्दैछन् । ६ सदस्यीय संवैधानिक परिषदमा उपसभामुख पनि रहने व्यवस्था छ । संवैधानिक परिषदमा सत्तापक्ष र प्रतिपक्षीको मत बराबर छ । जसकारण निर्वाचन आयोग लगायतमा नियुक्ति हुन सकेको छैन ।