२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलक्षित प्रधानमन्त्रीको टिप्पणी– ठगी आरोपमा अदालतले कारागार पठाउँदा पनि जयजयकार गरेर हिड्ने निर्लज्ज जमात कहिल्यै देखेको थिइँन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिमा सुल्टोलाई उल्टो र उल्टोलाई सुल्टो भन्ने निर्लज्ज जमात कहिल्यै नदेखेको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । राष्ट्रिय सूचना आयोगद्वारा मंगलवार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उहाँले ठगी आरोपमा प्रहरीले मुद्दा चलाएको, अदालतले कारागार पठाउँदा पनि गल्ती भयो भन्दै जयजयकार गर्ने जमात देख्दा अचम्म लागेको पनि बताउनु भयो ।

अरु बन्दी भन्दा छुट्टै कोठामा राखिएको, छुट्टै प्रवन्ध दिएर राखेको, एसी कुलरको प्रवन्धसहित राख्दा समेत वातावरण भएन भन्ने गरिएको बताउनु भयो । आफू प्रधानमन्त्री भएपछि वितण्डालाई शान्त बनाउने काम गर्दा आगो झोस्ने काम भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब अहिले त के हो भने मानव अधिकारको परिभाषा, अरु अधिकारका परिभाषा, अरु बन्दी भन्दा छुट्टै एउटा बन्दी राखेको छ, छुट्टै कोठा दिएर राखिएको छ । छुट्टै प्रवन्ध दिएर राखेको छ । एसी कुलरको प्रवन्धसहित राखिएको छ । वातावरण भएन भनेर त्यतापट्टि नजाऔँ । थुनामा नराखिएका मानिसहरुको अवस्था कस्तो छ एक जनाले बोल्दै थिए । त्यस्तो अवस्थाबाट माथि उठाउनुछ । गरिबीबाट माथि उठाउनुछ । म प्रधानमन्त्री भइकन गएको एक वर्ष वितण्डालाई शान्त पार्दा यतै आगो झोसेको छ, उतै आगो झोसेको छ, यतै अराजकता, उतै अराजकता, त्यसलाई शान्त पार्दैखेरी विकासका काममा कतिपय रोकावट छ । एउटा ठगीमा प्रहरीले कारबाही गरेर मुद्दा चलाएको छ, अदालतले आदेश दिएको छ, पछाडिको जमात जयजयकार गरेर हिँडेको छ । नेपालको राजनीतिमा यति साह्रो सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो भन्ने निर्लज्ज जमात यस्तो अराजक जमात कहिले पनि देखेको थिएन ।’

प्रधानमन्त्री ओलीले यसबीचमा नेपालले असाधारण प्रगति गरेको दाबी गर्दै अविकसित मुलुकबाट विकासशिल मुलुकमा प्रवेश गरिरहेको बताउनु भयो ।