४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप दुई जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २४५ पुग्यो



अ+ अ-

काठमाडौं । बिहीबार थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ दुई जनामा कोरोना पुष्टि भएको हो।

उनका अनुसार काठमाडौं, चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीय बालिकालाई संक्रमण देखिएको हो। उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ। 

यस अगाडि बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। सहप्रवक्ता अधिकारीका अनुसार बुधबार संक्रमितमा रुपन्देही जिल्लाका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुषहरू र  ४, १०, २८ वर्षीय महिला छन्। त्यसैगरी  कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षीय पुरुष छन्। सँगै पर्सा निवासी ३६, ७४ वर्षीय पुरुष र ३६ वर्षीया महिला र नवलपरासी निवासी ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।