४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुखमाथि महाभियोग प्रस्ताव ल्याउनु संवैधानिक व्यवस्थाको दुरुपयोगः अध्यक्ष लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले उपसभामुखमाथि महाभियोग प्रस्ताव ल्याउनु संवैधानिक व्यवस्थाको दुरुपयोग रहेको बताएका छन् ।

अध्यक्ष लिङ्देनले सत्तारुढ दल कांग्रेस र एमालेले संवैधानिक परिषद्मा सत्तापक्षको बहुमत पुर्याउनकै लागि उपसभामुख इन्दिरा रानामाथि महाभियोग प्रस्ताव ल्याउन लागेको भन्दै संवैधानिक व्यवस्थाको दुरुपयोग हुने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्– ‘संवैधानिक परिषदमा सत्तापक्षको बहुमत पुरयाउनकै लागि उपसभामुख इन्दिरा रानामाथि महाभियोग प्रस्ताव ल्याउने सत्तारुढ दल नेपाली कांग्रेस र एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग हो ।’