४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप पाँच जनामा कोरोना पुष्टि: संक्रमितको संख्या २५० पुग्यो



अ+ अ-

बिहिवार थप ५ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ पाँच जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा सर्लाही, धन्कौल न.पा. निवासी ४५ वर्षिय पुरुष, धनषा, जनकपुर न.पा. र मिथिला न.पा. निवासी ४० वर्षिय पुरुष र २० वार्षिय महिला, महोत्तरी, जलेश्वर न.पा. र बलवा न.पा. निवासी १६ र ३५ वर्षिय पुरुषहरु छन् ।

उनीहरु सम्पुर्णलाई अहिले चिकित्सकहरुको निगरानीमा राखिएको बताईएको छ । यस अगाडि आजै बिहिवार विहान ६ः १५ मा पनि २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सहप्रवक्ता अधिकारीका अनुसार काठमाडौं, चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीय बालिकालाई संक्रमण देखिएको थियो ।