९ आश्विन २०८१, बुधबार
,
Latest
पूर्वाग्रह साथ पक्राउ नगर्ने र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप पाँच जनामा कोरोना पुष्टि: संक्रमितको संख्या २५० पुग्यो



अ+ अ-

बिहिवार थप ५ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ पाँच जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा सर्लाही, धन्कौल न.पा. निवासी ४५ वर्षिय पुरुष, धनषा, जनकपुर न.पा. र मिथिला न.पा. निवासी ४० वर्षिय पुरुष र २० वार्षिय महिला, महोत्तरी, जलेश्वर न.पा. र बलवा न.पा. निवासी १६ र ३५ वर्षिय पुरुषहरु छन् ।

उनीहरु सम्पुर्णलाई अहिले चिकित्सकहरुको निगरानीमा राखिएको बताईएको छ । यस अगाडि आजै बिहिवार विहान ६ः १५ मा पनि २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सहप्रवक्ता अधिकारीका अनुसार काठमाडौं, चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीय बालिकालाई संक्रमण देखिएको थियो ।