२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त युएईबाट पक्राउ



अ+ अ-

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका–२ घर भएका कलबहादुर बस्नेत पक्राउ परेका छन् ।

एनसिबी अवुधाबीसँगको समन्वयमा संयुक्त अरब इमिरेट्स (युएई)मा पक्राउ परेका उनलाई सोमबार नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

यसैबीच, प्रतिबन्धित लागूऔषधसहित देशका विभिन्न स्थानबाट नौ जना पक्राउ परेका छन् । उनीहरू काठमाडौँको तारकेश्वर,डडेलधुराको अमरगढी, बर्दियाको बढैयाताल गाउँपालिका, सोही पालिकाको साघुनघारी र गुलरिया नगरपालिका–६ शान्तिटोलबाट पक्राउ गरिएको हो ।