६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौंः अध्यक्ष दाहाल



file
अ+ अ-

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा गलत रहेको बताउनुभएको छ ।

सचिवालय बैठकपछि पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिलादेखि नै सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले उपसभामुखलाई हटाउने प्रयास गरेको तर अहिले हस्ताक्षर नै गरिरहेको भन्दै यो गल्ती नगर्न आग्रह गर्नुभयो । सरकार बनेदेखि नै गल्ती भइरहेको उहाँको आरोप छ । आदिवासी, जनजाति महिला सामाजिक सेवा गर्ने, बालबच्चाको हेरचाह गर्ने, अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त महिलालाई हटाउने कसरत गलत भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘उहाँहरुको उपसभामुख हटाउने कुरा धेरै पहिलादेखिको हो । तर त्यो गलत गर्दै हुनुहुन्छ । गल्ती गरी नै रहनुभएको छ । यो सरकार बनेदेखि नै गल्ती त गरिरहनुभएको छ । एउटा महिला, आदिवासी, जनजाति महिला सामाजिक सेवा गर्ने, बालबच्चाको हेरचाह गर्ने, अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त महिलालाई हटाउने कसरत गलत छ । यसको हामी विरोध गर्छौं । उहाँले गरेको भन्ने केही प्रमाण छैन, खालि त्यो कपोकल्पित हो ।’

अध्यक्ष दाहालले उपसभामुखविरुद्ध कुनै नराम्रो काम गरेको प्रमाण नरहेको बताउनु भयो । उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदुतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ । यसअघि पनि रानामाथि हटाउने तयारी भएको थियो । तर विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन । —न्युज एजेन्सी नेपाल