९ आश्विन २०८१, बुधबार
,
Latest
विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा पक्राउ रणजी खेल्ने खेलाडीले कति कमाउँछन् ? दसैँमा दुई सय ५० खसीबोका बिक्री गर्दै किसान महिला राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै अध्यागमनको ‘इमेज’ सुधार आवश्यकः गृहमन्त्री लेखक राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्ण: अध्यक्ष दाहाल ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौं: मेयर महर्जन नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबी प्रक्षेपण ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुका एक कोरोना संक्रमित नगरपालिकाका अधिकृत



अ+ अ-

कपिलवस्तु । कपिलवस्तुमा ६ वर्षीया बालिकासहित सुरक्षाकर्मीमा  कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै जिल्लामा कोरोना संक्रमित ३९ जना पुगेका छन्।  संक्रमितमध्ये धेरैजसो रोजगारीका लागि भारत गएर फर्किएका रहेका छन्। भारतका विभिन्न स्थानबाट फर्किएका ३२ संक्रमित भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन्।

यस्तै ६ जना दैनिक काममा धेरैसँग सम्पर्क रहेका व्यक्ति हुन् भने एक ६ वर्षकी बालिका हुन्।

पछिल्लो पटक बाणगङ्गा नगरपालिका- ४ की ६ वर्षीयामा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ। बाणगङ्गामा पहिलो पटक बालिकामा कोरोना संक्रमण फेला परेको हो। बालिकाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा उपचारका क्रममा संक्रमण भएको अनुमान गरिएको छ।

यता बुधबार साँझ नयाँ आठ जनामा संक्रमण पुष्टि भएकामध्ये चार सुरक्षाकर्मी छन्। प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीका दुई तथा राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका एकएक जनामा कोरोना देखिएको हो। तीमध्ये एक प्रहरीका चालक  छन्। चालक संक्रमित पुष्टिपछि उनले दैनिक चलाउने गरेको सवारी साधनमा सवार हुने अन्य प्रहरी कर्मचारीमा पनि आशंका बढेको छ।

भेटिएका आठ संक्रमितमध्ये तीन जना नगरपालिकाको वडा नम्बर २ मा निर्मित महेन्द्र माविको क्वारेन्टाइनमा बसेका थिए।

तीमध्ये दुई जना नगरपालिकाका कर्मचारी रहेको कृष्णनगर नगरपालिकाका स्वास्थ्य संयोजक अनिलकुमार विश्वकर्माले जानकारी दिए। एक जना नगरपालिकाका सरसफाइकर्मी हुन्। 

उनी क्वारेन्टाइनमा बस्दै आएका थिए भने अर्को एक जना पालिकाकै एक शाखा प्रमुख रहेको नगर प्रमुख रजतप्रताप शाहले जानकारी दिए।

उनी यस बीचमा राहत वितरण र भारतबाट आएकाको उद्धारमा सक्रिय रहेको र पालिकामा आउने जाने गरेकाले संक्रमण धेरैका बीच फैलिन सक्ने शाहले आशङ्का गरे।

कपिलवस्तुको कोरोना संक्रमित स्वास्थ्यकर्मी संक्रमणको नतिजा आउँदासम्म दैनिक कामकाजमा तौलिहवा अस्पतालमा कार्यरत थिइन्।

उनले आफ्नै घरबाट आवतजावत गर्ने गरेकी थिइन्। उनलाई उपचारका लागि कपिलवस्तु अस्पतालको आइसोलेशनमा राखिएको छ।