९ आश्विन २०८१, बुधबार
,
Latest
रणजी खेल्ने खेलाडीले कति कमाउँछन् ? दसैँमा दुई सय ५० खसीबोका बिक्री गर्दै किसान महिला राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै अध्यागमनको ‘इमेज’ सुधार आवश्यकः गृहमन्त्री लेखक राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्ण: अध्यक्ष दाहाल ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौं: मेयर महर्जन नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबी प्रक्षेपण ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको ५२ औ दिनमा कोरोना नियन्त्रणमा राजधानीमा जे देखियो



अ+ अ-

काठमाडौं । सरकारले लकडाउनलाई आज देखि पुनः कडाइका साथ लागू गरेको छ ।  

लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबार देखि सवारी साधन सञ्चालनका लागि केही सहज बनाएको थियो । उपत्यकामा टाइम कार्ड लागू गरी कर्मचारीहरुको सवारी साधन सञ्चालन गर्न दिएको थियो । लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढेको छ । कोरोना भाइरस संक्रमण फैलने सम्भावना उच्च भएपछि बिहीबार (आज) देखि पुनः लकडाउनलाई कडाईका साथ लागू गरेको छ । जसका कारण फेरी जनजीवन प्रभावित भएको छ ।

बिहीबार उपत्यकाका सडकमा पुग्दा सुरक्षाकर्मीहरुले सवारी चेकजाँचलाई कडाई गरेको देखिन्छ । सडकमा मानिसहरुको आवागमन पनि न्यून देखिएको छ । अत्यावस्यक सेवाका साधनहरु, उपभोग्य वस्तुका साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायतका व्यक्तिको सवारी साधनलाई चेकजाँच गरी प्रहरीले छाडने गरेको छ । सवारी पास नभएका सवारी साधनलाई भने नियन्त्रणमा लिएको छ ।

उपत्यकाका भित्रि सडकहरुमा अत्यावस्यक उपभोग्य खाद्य पसलहरु खुलेका छन भने मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गरेको देखिन्छ । यस्तै कतिपय भित्रि सडकहरुमा स्थानीयहरुले बाटो बन्द गरेका छन् । अनावस्यक सवारी सधनको आवागमन भित्रि सडकबाट हुन थालेपछि स्थानीयले बाटो छेकबार गरी बन्द गरिदिएका छन् । यस्तै अपरिचित व्यक्तिलाई प्रवेश निशेध लेखिएका ब्यानरहरु बाटोमा राखिएको देखिन्छ ।

गत चैत ११ गते देखि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको लकडाउनको आज ५२ औं दिन हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सम्म २ सय ४५ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । जसमध्ये ३५ जना निको भएका छन भने २ सय ४५ जना आइसोलेसनमा रहेका छन् । अहिले सम्म २१ हजार ३ सय ६६ पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने ६० हजार ३ सय १९ जनाको आरडीटी परीक्षण भएको छ । अहिले देशभर १४ हजार ३ सय १३ जना क्वारेन्टाइनमा रहेका छन् ।