४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रका परिवार झापामै रोकिने, गृहमन्त्रालयको आदेशमा रद्द गरियो सवारी पास



फाईल फोटो
अ+ अ-

काठमाडौं । देशमा लकडाउन जारि रहेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले लिएको सवारी पास रद्द भएको छ ।  शुक्रवार राजधानी आउन लागेका पूर्वराजा शाहको सवारी पास गृहमन्त्रालयको आदेशले रद्द भएको छ । 

पत्नी कोमलसहित पूर्व राजा शाह लकडाउन भन्दा अगाडि नै झापा पुगेका थिए । शाहलाई काठमाडौँ आउनका लागि झापा जिल्ला प्रशासनले बिहीबार सवारी पास जारी गरेको थियो । तर गृहमन्त्रालयले सवै जिल्ला प्रशासन कार्यालयले जारी गरेका सवै सवारी पास खारेज गर्ने निर्णय गरेपछि पूर्व राजा शाहको पास जिल्ला प्रशासन कार्यालयले केही घण्टामै खारेज गरेको छ ।

झापाका जिल्ला प्रशासन प्रमुख उदयबहादुर रानामगरले सवारी पास खारेज गरिएको पुष्टि गरे । पूर्व राजा शाहका प्रतिनिधि सवारी पास लिनका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रशासनले तत्कालै सवारी पास जारी गरेको थियो । त्यसको केही घण्टामै प्रशासनले सवारी पास खारेज गरिएको जानकारी गराएको थियो ।