५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु



अ+ अ-

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–७ स्पेसलचोकस्थित सडकमा आज बिहान मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सो सडकमा बाग्मती प्रदेश ०२–०४१ प ६८१९ को (डिओ) स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ को (सुजुकीजिक्सर) मोटरसाइकल एकापसमा ठक्कर खाँदा घाइते भएका सिराहासाकिको जन्दहगाबिस–४ घरका अन्दाजी २९ वर्षीय भोला थापा तथा नाम, थर ठेगाना र आफन्त नखुलेको कालो पाइन्ट सेतो टिसर्ट लगाएका अन्दाजी ३५ वर्षीय अर्का एक पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उक्त दुर्घटनामा परी गोरखा आरुपोखरी घर भई हाल बूढानीलकण्ठ–८ भङगाल बस्ने २४ वर्षीय एरिक परियार तथा नाम, थर, वतन नखुलेको कालो ट्र्याक, नीलो टिसर्ट लगाएका अर्का पुरुष व्यक्ति घाइते भएका छन् । उनीहरू दुवै जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।”

दुर्घटनापछि दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिइएको र मृतक तथा घाइतेका आफन्तको खोजी भइरहेको प्रवक्ता बोहराले बताउनुभयो ।