काठमाडौं । इङलिस प्रिमियर लिगको पहिलो खेलमै लिगको महारथ टोली म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । खासगरी आर्सनलका डेक्लान राइसको कर्नरलाइ युनाइटेडका गोलकिपरले सही ढंगले क्लियर गर्न नसक्दा आर्सनलका डिफेन्डर रिकार्डो कालाफियोरीले १३ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन ।
आइतबार राती भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गर्दै सुरुवाती ३ अंक जोडेको हो । युनाइटेडले घरेलु मैदानमा आर्सनलमाथि निरन्तर दबाब राखे पनि गोल गर्न सकेन ।
लिगकै अर्को खेलमा चेल्सी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ । यस्तै नटिङहम फरेस्टले ब्रेन्टफोर्डलाई ३-१ ले पराजित गरेको छ ।










