१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

उपत्यकाका सरकारी र निजी विद्यालय भवनहरू क्वारेन्टाइनको प्रयोजनमा लगाउनेः शिक्षामन्त्री

उपत्यकाका सरकारी र निजी विद्यालय भवनहरू क्वारेन्टाइनको प्रयोजनमा लगाउनेः शिक्षामन्त्री
अ अ+ अ-

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले काठमाडौं उपत्यकाका सरकारी र निजी विद्यालय भवनहरू क्वारेन्टाइनको प्रयोजनमा लगाउने बताएका छन् । उपत्यकामा कोरोना महामारीको जोखिम बढ्न सक्ने आँकलन गर्दै मन्त्री पोखरेलले सो विषयमा तयारी भइरहेको जानकारी दिए । पोखरेल कोभिड–१९ नियन्त्रण र उपचार उच्चस्तरीय समितिका सदस्यसमेत छन् ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई संयोजक रहेको सो समितिले राजधानीलगायत देशैभरका शिक्षालयमा क्वारेन्टाइन राख्ने विषयमा पहिलो चरणको छलफल गरिसकेको छ ।मंगलबार राति भक्तपुरमा दुई र काठमाडौंमा एक जनामा कोरोना भाइरस देखिएपछि सरकारले बाहिरबाट उपत्यका भित्रिनेलाई क्वारेन्टाइनमा राख्ने तयारीसहित शिक्षालयहरू प्रयोग गर्न खोजेको हो ।

समितिमा हिसान, प्याब्सन, एन–प्याब्सन, मेडिकल कलेज, सुरक्षा निकायलगायत अधिकारी सदस्य छन् । हिसानका अध्यक्ष रमेश सिलवालले उपत्यकाका अधिकांश क्याम्पस, विद्यालय, मेडिकल, इन्जिनियरिङ कलेजलगायतका क्वारेन्टाइन राख्ने विषयमा निर्णय भइसकेको जानकारी दिए। उनका अनुसार हिसान आबद्ध सबै पदाधिकारीका कलेजलाई क्वारेन्टाइन बनाउने विषयमा निर्णय भइसकेको छ । बूढानीलकण्ठ, फर्पिङको त्रिभुवन आदर्श, हात्तीवनको लिटिल एन्जेल्स, गोल्डेनगेट, ट्रिनिटी, जेभियर्स इन्टरनेसनल, नोवेल, लेवरोटरीलगायतका तीन दर्जनभन्दा बढी शिक्षालयलाई क्वारेन्टाइन बनाइनेछ ।

हिसानले राजधानीको भित्री शहरमा भन्दा पनि अलि टाढा रहेका शिक्षालयलाई क्वारेन्टाइन बनाउन उचित हुने सुझाव दिएको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आवश्यकताको आधारमा सबै निजी विद्यालयलाई क्वारेन्टाइन बनाउन सहयोग गर्ने बताए । उनले पहिलो प्राथमिकता सरकारी कलेज, होटल, गेस्ट हाउस, मेडिकल कलेजको गेस्ट हाउस, सरकारी विद्यालय पछि निजी विद्यालय प्रयोग गर्ने सरकारी नीतिअनुसार आफूहरू तयार रहेको नेपाल समाचारपत्रलाई बताए । एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले एन–प्याब्सनअन्तर्गत देशैभरका ठूूला विद्यालयलाई सरकारले क्वारेन्टाइन बनाउन चाहे सोहीअनुसार व्यवस्थापन गर्न तयार रहेको बताएका छन् ।

यसै गरी, त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले सबै आंगिक क्याम्पसलाई पत्राचार गरी क्वारेन्टाइन राख्न दिन निर्देशन दिएको बताएका छन् । उनका अनुसार हालसम्म करिब तीन दर्जन क्याम्पसमा क्वारेन्टाइन राखिएको छ । प्रदेश १, २, ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा रहेका क्याम्पस भवन अहिले क्वारेन्टाइनकै प्रयोजनमा लगाइएका छन् । नेपाल समाचारपत्र दैनिक