६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोरोना गुनासो वाणिज्य विभागमा !

कोरोना गुनासो वाणिज्य विभागमा !
अ+ अ-

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सञ्चालन गर्दै आएको टोल फ्री नम्बर ११३७ मा लकडाउनका समयमा दैनिक तीन सयभन्दा धेरै गुनासो आउने गरेकामा हाल  कमी आएको छ । काठमाडौँ उपत्यका र अन्य जिल्लाबाट उपभोक्ताको गुनासो आउने गरेकामा पछिल्लो केही दिनयता दैनिक १० देखि १५  सम्म गुनासो आउने गरेको विभागका अधिकारी बताउँछन् । खाद्यदेखि स्वास्थ्य सामग्रीमा कालोबजारी भएको गुनासो आउने विभागको टोल फ्री नम्बरमा आजकल कोरोना परीक्षणसम्बन्धी गुनासो आउने गरेको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्य केही दिनयता गुनासो आउने क्रममा कमी आएको बताउनुहुन्छ । “पहिला हामीलाई भ्याइनभ्याइ हुन्थ्यो, आजकल दैनिक छिटफुट मात्र गुनासो आउने गरेका छन्”, उहाँले भन्नुभयो, “पहिला ग्यास अभावदेखि खाद्यपदार्थमा बढी मूल्य लिएको भन्दै कारवाही गर्न गुनासो दर्ता हुनेगरेको थियो  तर आजकल हेलो सरकारमा गरेको गुनासोको सुनुवाइ भएन, कोरोनाको परीक्षण कता गरिन्छ भन्ने गुनासो आउन थालेका छन् ।”

लकडाउन समयमा खाद्य पदार्थमा बढी मूल्य लिने उजूरी बढी आउन थालेपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । उपभोक्ताको गुनासोलाई आधार बनाएर विभागले अनुगमन गरी कारवाहीस्वरुप जरिवाना गर्दै आएको छ । उहाँका अनुसार गुनासा बाहिरी जिल्लाबाट पनि आउने भएको हुँदा त्यसका लागि सम्बधित स्थानीय तहलाई नै जानकारी दिने र काठमाडौँ उपत्यकाका हकमा विभागले नै सुनुवाइ गर्दै आएको छ ।

पछिल्लो समय विभागले आफ्नो नियमित अनुगमनभन्दा पनि टोल फ्री नम्बरमा उपभोक्ताबाट आएका गुनासोका आधारमा अनुगमनलाई तीव्रता दिएको छ । जो कोहीलाई पनि सामग्री खरीद गर्दा समस्या भए वा अन्य कसैलाई ठगी गरेको जानकारी भएमा टोल फ्री नम्बरमा खबर गर्न  विभागले उपभोक्तालाई आग्रह गरेको छ । विगतमा चाडबाडका समयमा मात्रै अनुगमन गर्दै आएको विभागले अहिले यसलाई नियमित गरिरहेको छ ।

हाल स्वास्थ्य क्षेत्रमा बढी अनियमितता भएको भन्दै स्वास्थ्यकर्मीका साथमा विभागले अस्पताललगायतमा बजार अनुगमनलाई तीव्रता दिँदै आएको छ ।

विभागले गत चैत १४ गते बेलुकादेखि सञ्चालनमा ल्याएको गुनासो सुनुवाइसम्बन्धी उपभोक्ता अधिकार व्यवस्थापन सूचना प्रणाली ९सिआरएमआइएस० तथा कन्जुमर एपमा गत वैशाख मसान्तसम्म एक हजार ५६  गुनासो दर्ता भएका छन् ।

सूचना अधिकारी आचार्यका अनुसार सबै गुनासोको सम्बोधन गरिसकिएको छ । विभागको तथ्यांकानुसार उक्त एप सञ्चालनमा आएपछि अनियमिततासम्बन्धी ११, खाद्य सामग्रीको अभाव १२०, ग्यास अभाव ४९५, इन्टरनेट ढिलोबारे २२, मास्कको कालोबजारी ११, सरसामानको अभाव ६४, ग्यास कालो बजारी १० र बढी मूल्यमा सामान बिक्री गरेको १०८ र अन्यसम्बन्धी गुनासो २१५ आएको छ ।