५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पानी बाराबार’को हल्लापछि प्रकाश र स्वस्तिमाले पिए एउटै गिलासको पानी



अ+ अ-

काठमाडौं । ‘पानी बाराबार’को हल्लापछि त्यसलाई खण्डन गर्दै कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काले एउटै गिलासको पानी पिएका छन् ।

केही मिडियाले सपुतको फिल्म ‘वसन्त’को प्रवर्धनमा स्वस्तिमा नहिँडेकाले यी दुईबीच बोलचाल बन्द भएको दाबि गर्दै उनीहरुबीच ‘पानी बारबारको स्थिती रहेको’ बताएका थिए । यसको खण्डन गर्दै उनीहरुले एउटा रोचक भिडिओ सार्वजनिक गरेका छन् ।

यो प्रकाश र स्वस्तिमा दुवै अभिनित फिल्म ‘हरिबहादुरको जुत्ता’को प्रमोसनल भिडियो हो । भिडियोमा उनीहरूबीच चलेको गसिपको खण्डन गर्दै एउटै गिलासको पानी पिएका छन् । साथमा स्ट्यान्ड अप कमेडियन सीता न्यौपाने पनि छिन् ।

भिडियोमा सीता न्यौपाने आउँछिन् र भन्छिन्, ‘पानी बाराबार भा’छ भन्या सुन्या थिएँ । के हो तपाईंहरू अझै पनि बाझिराहो? मिल्नु हो, बेला बित्न लाइसक्यो । एक्सक्यूज मी ।’

त्यसपछि, प्रकाश र स्वस्तिमा दुबै जना एक-अर्कालाई हेर्दै खुलेर हाँस्छन् । पछि स्वस्तिमा र प्रकाश एकअर्कालाई तपाईं भन्नु न भन्दै रिक्वेस्ट गर्छन् । त्यसपछि प्रकाश सपुतले चलचित्र हरिबहादुरको जुत्ताको पहिलो गीत यही भाद्र २ गते सोमबार साँझ ४ बजे ओएसआर डिजिटलमार्फत रिलिज हुने जानकारी गराउछन् । पछि, स्वस्तिमाले असोज १३ गते पुरा चलचित्र हेरेर रमाइलो गर्नुहोला भन्दै भन्छिन् ।

भिडिओमा प्रकाशले आफूले पिइरहेको पानीको गिलास स्वस्तिमालाई दिन्छन् । स्वस्तिमाले एक घुट्को पिउँछिन् र फेरि प्रकाशलाई दिन्छिन् । प्रकाशले पनि एक घुट्को पिउँछन् । उनीहरुबिच ‘पानी बाराबार’ नरहेको सांकेतिक रुपमा यो दृश्य खिचिएको हो ।