६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

समस्यामा परेका कलाकारलाई मन्त्री मानन्धरको साथ

समस्यामा परेका कलाकारलाई मन्त्री मानन्धरको साथ
अ+ अ-

काठमाडौं । लकडाउनका कारण समस्यामा परेका कलाकारहरु तथा चलचित्र क्षेत्रका प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरिएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा शुक्रबार २७० जना कलाकारका लागि ६ हजार ७५० केजी चामल र ८२५ केजी दाल हस्तान्तरण गरिएको हो । 

२७० जना कलाकारहरुका लागि एक एक बोराका दरले चामल र तीन केजीका दरले दाल उपलब्ध गराईने चलचित्र निर्माता संघका अध्यक्ष तथा चलचित्र प्रवर्द्धन एवं समन्वय समितिका संयोजक आकास अधिकारीले जानकारी दिए । खाद्यान्न ग्रहण गर्दै संयोजक अधिकारीले चलचित्र क्षेत्रका कलाकारणहरुको मर्का बुझेर सरकारले आवश्यक सहयोग गरेको भन्दै खुसी व्यक्त गरे । 

निर्माता, निर्देशक तथा चल्तीका सफल कलाकारहरुका लागि समस्या नभएपनि नव कलाकारहरु तथा प्राविधिक लगायत निम्न आर्थिक अवस्थाका कलाकारहरुलाई लकडाउनका कारण ठुलो समस्या परेपछि आफुले मन्त्री मानन्धरमार्फत् पहल गरेको बताउँदै निर्देशक अधिकारीले समस्यामा परेका कलाकारहरुलाई तत्काल खाद्यान्न उपलब्ध गराइने बताए । विपद्का बेला चलचित्र क्षेत्रका श्रमजिवीहरुका लागि अति आवश्यक खाद्यान्न उपलब्ध गराईदिएकोमा चलचित्र उद्योग निकै खुसी भएको बताउँदै निर्माता अधिकारीले विपद्का बेला मन्त्रीको पहलमा भएको सहयोग आफुहरुका लागि अमुल्य सहयोग भएको बताए । 

आदिवासी जनजाति महासंघका ५०, नृत्य संघका ४०, निर्देशक समाजका तर्फबाट सहायक निर्देशकहरु २५ जनालाई एक एक बोरा चामल र तीन केजीका दरले दाल उपलब्ध गराईने छ । यस्तै तेस्रोलिंगिको प्रतिनिधित्व गर्ने ब्लुडयमन्ड सोसाईटीका समाजका २५ जना, प्राविधिक संघका  ३५, चलचित्र द्वन्द्व संघका २०, कलाकार संघका जुनियर कलाकारहरु २५ जना र संगित उत्पादन संघका ५० गरि २७० जना कलाकारहरुलाई एक एक बोरा चामल र तान केजीका दरले दाल उपलब्ध गराईने छ । 

चलचित्रसँग सम्बन्धीत ८ वटा विभिन्न संघहरुले निर्माता संघमार्फत् समस्यामा परेका खाद्यान्न उपलब्ध गराउन सरकारसँग आग्रह गर्का थिए । मन्त्री मानन्धरले कलाकारको आग्रहपछि आवश्यक पहल गरी कलाकारहरुलाई खाद्यान्न उपलब्ध गराउन सहजिकरण गरेका थिए ।