२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउन सकिँदैनः मन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अङ्गहरु प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने बताउनुभएको छ ।

आईतवार ललितपुरमा व्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको ग्लोवल मेगा रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै उहाँले मानव अङ्गहरु प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने भएको खुकुलो बनाउन नसकिने बताउनुभएको हो ।

नेपालमा मिर्गौला, आँखा लागयतका प्रत्यारोपण गर्न मिल्ने ६ वटा मानव अंगहरु पर्याप्त मात्रामा प्राप्त हुने स्थिति नरहेको बताउनु भयो । उहाँले यदी मानव अंग प्रत्यारोपणका लागि सहजै एकले अर्कोलाई दिन मिल्ने कानून बनाउने हो भने यसले विकृति भित्र्याउने बताउनु भयो । मान्छेको ब्रेन मरिसकेपछि मृत्यु भएको २४ घण्टाभित्र मानव अंगहरु झिकेर अर्को आवश्यक पर्ने व्यक्तिमा प्रत्यारोपण गर्न सकिने गरी इरानमा प्रयोग भइरहेको बताउनु भयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘हामी कहाँ जति किड्नी चाहिने हो त्यति प्राप्त भएको स्थिति छैन । जति लिभर चाहिने हो त्यति प्राप्त भएको स्थिति छैन । जति आँखा चाहिने हो त्यो प्राप्त भएको छैन । शरीरका ६ वटा अंग भिmकेर अर्कोमा ट्रान्सप्लान्ट गर्न मिल्छ । अब यो ट्रान्सप्लान्ट जसबाट निकालेर पनि गर्न मिल्ने बनाउन मिल्दैन । किनभने यो बेचिन्छ । अहिले आइभिएफको एउटा समस्याका कारणले यो बेचिएको छ भनेर भन्न थालिएको छ । भारतमा १९८२ सम्म एकले अर्कालाई अंगहरु सजिलै दिन पाउने व्यवस्था थियो । त्यहाँ धेरै गरिबहरुले अंग बेचे । फेरि त्यसलाई बन्द गरियो । नेपालमा पनि नाता पर्नेहरु, नाताको दायरा पनि एकदमै सिमित छ । कानून खुकुलो बनाउँ यसले बेथिति बढाउँछ, अब एउटा उपाय के छ भने इरानमा यसको सफल प्रयोग भइरहेको छ । पहिला मान्छेको ब्रेन मर्छ, ब्रेन मरेको २४ घण्टाभित्र उसको अंग झिक्न खोज्यो भने झिक्न सकिन्छ । ब्रेन डेथपछि अंग झिकेर त्यसलाई त्यहीअनुसार संग्रह गर्ने हो भने हामीले त्यो अंग अर्को किड्नी फेल भएकोलाई दिन सकिन्छ । आँखा नदख्नेलाई आँखा दिन सकिन्छ ।’

मन्त्री पाडेलले एउटाले अर्काको सहयोग गर्नु नै मानव धर्म भएको बताउनु भयो । संस्कारयुक्त संस्कृतिको विकास गर्न जरुरी रहेको बताउनु भयो । धनी मानिस सुखी नहुने भन्दै स्वस्थ मानिसमात्रै सुखी हुने उहाँको भनाइ छ ।