काठमाडौं । शुक्रबार कोरोना पुष्टि भएका राजधानीको चन्द्रागिरि नपा १० सतुंगलका ७ वर्षीय बालक गते पालुङबाट आएको खुलेको छ।नगरपालिकाले आमा/बुवा सँगै उनी पालुङबाट हिँडेर गत वैशाख २९ आएको जनाएको छ ।
नगरपालिका प्रवक्ता हरिभक्त महर्जनका अनुसार उनीहरू सतुंगलको एक घरमा भाडामा बस्दै आएका थिए । अहिले उक्त घरमा २५/३० जना भाडा बस्दै आएका र त्यो घरलाई नै सिल गरिएको छ ।
ती बालकलाई टेकु अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । ती बालकका आमा/बुवाको जाँच गर्न बाँकी छ।