६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नीति तथा कार्यक्रम पुनर्लेखन गर्न काँग्रेसकाे माग, चालु अधिवेशनबाटै एमसिसि पारित गर्न सुझाव

नीति तथा कार्यक्रम पुनर्लेखन गर्न काँग्रेसकाे माग, चालु अधिवेशनबाटै एमसिसि पारित गर्न सुझाव
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम  समय सापेक्ष नभएको भन्दै पुनर्लेखन गर्न माग गरेको छ । सरकारबाट जेष्ठ २ गते संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रम कोरोना महामारीबाट उत्पन्न संकटलाई सम्वोधन नगरी पट्यारलाग्दो नीति तथा कार्यक्रम ल्याएको भन्दै  पुनः लेखन गर्न माग गरेको हो । यसका लागि नेपाली कांग्रेसले शनिबार  संसद सचिवालयलमा संशोधन प्रस्ताव दर्ता गराएको छ ।

सरकारले पेश गरेको नीति तथा कार्यक्रमका मुख्य गरेर  बुँदा नम्बर १ देखि २७६ सम्म पुनर्लेखन गर्नुपर्ने माग गर्दै शनिबार संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको  हो ।  डा. मीनेन्द्र रिजाल, पुष्पा भुसाल र सञ्जयकुमार गौतमले हस्ताक्षर  गरी दर्ता गराएको संशोधन प्रस्तावमा वार्षिक नीति तथा कार्यक्रमले कोरोनाको महामारीलाई सम्बोधन गर्न नसक्ने, विदेशमा रोजगारी गुमाएका नेपालीहरुलाई जोखिमबाट सुरक्षित गराउन नसक्ने र देशका सामु उत्पन्न चुनौतीको सामना गर्न नसक्ने उल्लेख गरेको छ । दर्ता भएका संशोधन प्रस्तावहरुमाथि आइतबारदेखि सदनमा छलफल सुरु हुने छ कार्यसूची छ ।

नीति तथा कार्यक्रम पुनः लेखन गर्ने प्रस्ताव दर्ता गराउनु अघि संसद सचिवालयमा बसेको नेका संसदीय दलको बैठकमा  संसदीय दलका नेता एवं पार्टी  सभापति शेरबहादुर देउवाले सिमानामा अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा बस्ने प्रबन्ध मिलाउन र विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण बनाउन सरकारसँग माग गर्नुभएको थियाे । यसै गरी सभापति देउवाले  अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता चालु संसदबाट अनुमोदन गर्न सरकारकाे ध्यानाकर्षण समेत गर्नुभएको छ ।  

दलको बैठकमा बोल्दै देउवाले एमसीसी कुनै ऋण सम्झौता नभएर अमेरिकी अनुदान भएका कारण यसलाई संसदले अनुमोदन गरेर देश विकासमा लगाउनुपर्ने बताउनु भएको एक सांसदले न्यूजपाेलारलाइ जानकारी दिनुभयो ।