२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुन्डा नाइके चक्रे मिलनलाई १ लाख १० हजार धरौटीमा रिहा गर्न आदेश



अ+ अ-

काठमाडौं । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) लाई जिल्ला अदालत भक्तपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश गरेको हो ।

बिहीबार मुद्दाको सुनुवाइ नभ्याउने भएपछि आजलाई पेशी तोकिएको थियो ।शुक्रबार न्यायाधीश न्यौपानेले चक्रेको मुद्दामा बयान र थुनछेक सकेर धरौटीमा छाड्न आदेश जारी गरेका हुन् ।

चक्रेविरुद्ध बिहीबार ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो । १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आफ्नो भतिज मनिष रायमाझीलाई आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए ।

चक्रे बुधरबार मात्रै अभद्र व्यवहारको कसुरमा जिल्ला प्रहरी परिसरको हिरासतबाट धरौटी ३० हजार तिरेर छुटेका थिए । अर्को मुद्दा रहेकाले उनलाई पछि भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।