२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुमाथि हुने अपमान बन्द गरौँः सांसद ढकाल



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद एकनाथ ढकालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई अपमान गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यात्रुहरु हरेकलाई ठग नै हो जस्तो गरी व्यवहार हुने गरेकोप्रति असन्तुष्टि जनाउनुभएको हो ।

उहाँले यात्रुहरुमाथि दुव्र्यवहार गर्ने कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । अन्तर्राष्ट्रिय विमानस्थलबाट पाउनुपर्ने सेवा यात्रुहरुले पाउन नसकेको बताउनु भयो । विमानस्थलमा यात्रुमाथि उनीहरुको आत्मसम्मानमा ठेस पु¥याउने काम भएको बताउनु भयो । विमानस्थलमा नागरिक उड्डयन प्राधिकरण प्रमुखको शासन चल्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई अपमान गर्ने, यात्रुहरु हरेकलाई यो ठग नै हो जस्तो गर्ने, बेला बेलामा दुव्र्यवहार पनि गर्ने जुन काम पहिलादेखि भइरहेको थियो, त्यो काम रोकिएको छैन । अब त्यहाँ कोही पहिलो पटक उत्साहित भएर गइरहनुभएको हुन्छ, उहाँहरुलाई थाहा हुँदैन । एउटा प्यासेन्जरले अन्तर्राष्ट्रिय विमानस्थलबाट जुन सेवा प्राप्त गर्नुपर्ने हो, त्यो सेवा प्राप्त गर्न सक्नुभएको छैन । उहाँहरुको आत्मसम्मानमा ठेस आउने किसिमले एयरपोर्टमा काम, कारबाही भएको छ । एयरपोर्टमा प्राधिकरणको प्रमुखको शासन लागू भएको छ । त्यहाँ मन्त्रालयको के रोल हुन्छ मलाई थाहा छैन, उहाँको आफ्नो खुशीअनुसार कहिले पास खुला गरेको छ, कहिले बन्द गरेको छ, अपाङ्ग हुनुहुन्छ, महिला हुनुहुन्छ । पहिला त्यहाँ चेकिङ काउण्टरसम्म पास लिएर त्यहाँ गएर पठाउने चलन थियो । त्यहाँ न कुनै वैकल्पिक व्यवस्था गरिएको छ । त्यो छैन ।’

सांसद ढकालले विमानस्थल अस्तव्यस्त रुपमा सञ्चालन भइरहेको बताउनु भयो । –