६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय नागरिकको आक्रमण रोक्न सीमामा हवाई फायर



अ+ अ-

झापा । भारतीय नागरिकले फेरि पनि नेपालको सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीको अस्थायी पोस्टमा शनिबार राति आक्रमण प्रयास गरेका छन्। झापाको दक्षिणी सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेका छन् । शनिबार साँझ ८ बजेको समयमा नेपाल भारत सीमामा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको टोली माथि करिब २ सयको संख्यामा आएका भारतीयले आक्रमणको प्रयास गर्न खोजेपछि सशस्त्र प्रहरी प्रतिकारमा हवाई फायर गरेका हुन् ।

कचनकवल १ घेराबारीस्थित १२५ र १० नम्बरको सीमा पिलर नजिकै रहेका सशस्त्र प्रहरीलाई भारतीय नागरिकले आक्रमण गर्ने प्रयास गरेपछि एक राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरी बल २ नम्बर गण हेडक्वार्टर झापाका प्रमुख रेशम कुमार थाक्सुले जानकारी दिए। हवाई फायर गरेपछि भारतीय भागेका  थिए।

आक्रमणको विषयमा भारतीय एसएसबीसँग आइतबार छलफल गर्ने थाक्सुले बताए । नेपालतर्फको जमिनमा भारतीयले लगाएको खेती पाकेकाले गर्दा उक्त खेती उठाउन पाऊँ भन्दै भारतीयहरुले सीमा क्षेत्रमा बसेका नेपाली सुरक्षाकर्मी माथी पटकपटक आक्रमणको प्रयास गर्दै आएका छन् । 

शनिबार रातिको पनि खेतीकै कारण हुन सक्ने थाक्सुले बताए। योभन्दा केही दिन अघि झापा गाउँपालिका ४ स्थित सुकुमबासी बस्ती नजिक रहेको १३१ नम्बर सीमा पिलरमा नजिकै सयौँको संख्यामा आएका भारतीयलाई नेपाल छिर्नबाट रोक्नका लागि सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गर्न बाध्य भएको थियो। त्यसको भोलिपल्ट भारतीय एसएसबीको छलफलपश्चात भारतीयहरूले माफी मागेका थिए । अन्नपुर्णपोष्ट दैनिक