४ असार २०८३, बिहीबार
,
Latest
प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट विश्वभर ३ लाख १३ हजारभन्दा बढीको ज्यान गयो



अ+ अ-

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख १३ हजार २२० जना पुगेको छ । यस्तै संक्रमित हुनेको संख्या ४७ लाख २० हजार १९६ पुगेको छ।

जोन होप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा धेरै अर्थात १४ लाख ६७ हजार ७७६ संक्रमित भेटिएका छन्। त्यहाँ ८८ हजार ७५४ संक्रमितले ज्यान गुमाइसकेका छन्। ब्राजिलमा एक दिनकै अवधिभित्र थप ८१६ जनाको मृत्यु भएपछि त्यहाँ मानवीय हताहतिको संख्या १५ हजार ६३३ पुगेको छ।

यस्तै पहिलोपटक कोरोना भाइरस देखिएको चीनको उहान शहरका स्थानीय अधिकारीहरुले महामारीसम्बन्धी महत्वपूर्ण सूचना लुकाएको चीन सरकारका वरिष्ठ स्वास्थ्य सल्लाहकारले बताएका छन्। रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकाले चीनमा महामारीको दोस्रो आँधी आउनसक्ने उनले चेतावनी दिएका छन्।

स्पेनले भौतिक दुरी कायम राख्दै सार्वजनिक स्थान होटलहरु खोल्ने निर्णय लिएको छ। अमेरिका र क्यानडाको सार्वजनिक पारवहनमा काम गर्ने ४५ जना श्रमिकहरुले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। उता अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले कोरोना नियन्त्रणमा अमेरिकी सरकारले चालेका फितला कदमहरुलाई लिएर आलोचना गरेका छन्।