९ आश्विन २०८१, बुधबार
,
Latest
विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा पक्राउ रणजी खेल्ने खेलाडीले कति कमाउँछन् ? दसैँमा दुई सय ५० खसीबोका बिक्री गर्दै किसान महिला राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै अध्यागमनको ‘इमेज’ सुधार आवश्यकः गृहमन्त्री लेखक राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्ण: अध्यक्ष दाहाल ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौं: मेयर महर्जन नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबी प्रक्षेपण ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट विश्वभर ३ लाख १३ हजारभन्दा बढीको ज्यान गयो



अ+ अ-

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख १३ हजार २२० जना पुगेको छ । यस्तै संक्रमित हुनेको संख्या ४७ लाख २० हजार १९६ पुगेको छ।

जोन होप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा धेरै अर्थात १४ लाख ६७ हजार ७७६ संक्रमित भेटिएका छन्। त्यहाँ ८८ हजार ७५४ संक्रमितले ज्यान गुमाइसकेका छन्। ब्राजिलमा एक दिनकै अवधिभित्र थप ८१६ जनाको मृत्यु भएपछि त्यहाँ मानवीय हताहतिको संख्या १५ हजार ६३३ पुगेको छ।

यस्तै पहिलोपटक कोरोना भाइरस देखिएको चीनको उहान शहरका स्थानीय अधिकारीहरुले महामारीसम्बन्धी महत्वपूर्ण सूचना लुकाएको चीन सरकारका वरिष्ठ स्वास्थ्य सल्लाहकारले बताएका छन्। रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकाले चीनमा महामारीको दोस्रो आँधी आउनसक्ने उनले चेतावनी दिएका छन्।

स्पेनले भौतिक दुरी कायम राख्दै सार्वजनिक स्थान होटलहरु खोल्ने निर्णय लिएको छ। अमेरिका र क्यानडाको सार्वजनिक पारवहनमा काम गर्ने ४५ जना श्रमिकहरुले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। उता अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले कोरोना नियन्त्रणमा अमेरिकी सरकारले चालेका फितला कदमहरुलाई लिएर आलोचना गरेका छन्।