४ असार २०८३, बिहीबार
,
Latest
प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध…
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप दुई साता लकडाउन लम्ब्याउने सरकारको तयारी



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले पुनः लकडाउन थप्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनबारे निर्णय गर्न आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आइतबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको हो ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि सातौपटक लकडाउनको म्याद थपबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको हो । सरकारले ०७६ साल चैत ११ गतेदेखि सुरु भएको लकडाउनको छैटौंपटकको थपिएको म्याद सोमबार सकिँदैछ ।

सरकारले लकडाउन थप दुई साता लम्ब्याउने तयारी गरेको छ । सिन्धुपाल्चोककी सुत्केरी महिलाको कोरोना संक्रमणबाट ज्यान गएपछि सरकारले लकडाउनलाई अझै कडा र प्रभावकारी बनाउने गृहकार्य सुरु गरिसकेको छ ।