४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी अस्पतालहरुले आरडिटी परीक्षण गर्न सरकारकाे स्वीकृति



अ+ अ-

काठमाडाैंः परीक्षणका नतिजामा प्रश्न उठिरहेकाे अवस्थामा सरकारले निजी तथा सामुदायिक अस्पतालहरुले कोरोना भाइरसको आरडिटी परीक्षण गर्न स्वीकृति दिएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुमति लिएर निजी तथा सामुदायिक अस्पतालहरुले आरडिटी परीक्षण गर्न पाउने भएका हुन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको परीक्षणमा सहजता प्रदान गर्न नीजि तथा सामुदायिक अस्पतालाई आरडिटी परीक्षण गर्न पाउने गरी निर्देशिका जारी गरिएको हो ।

परीक्षण उपत्यका भित्र रहेका अस्पतालहरुले स्वास्थ्य सेवा विभाग र बाहिरका अस्पतालहरुले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रवक्ता देवकोटाका अनुसार नीजि अस्पतालहरुले जनस्वास्थ्य प्रयोशालाले सार्वजनिक सूचीमा उल्लेख गरेका आरडिटी किटहरुको मात्रै प्रयोग गर्न पाउनेछन् ।

परीक्षण पश्चात दैनिक रुपमा अस्पतालहरुले त्यसको विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा पेश गर्नुपर्ने छ । निजी तथा सामुदायिक अस्पतालहरुले आरडिटी परीक्षण बापत शुल्क लिन पाउनेछन् । किट खरिद गरेको मूल्यमा बढीमा २० प्रतिशत शुल्क लिएर परीक्षण गर्न पाउने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।




भर्खरै