४ असार २०८३, बिहीबार
,
Latest
प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध…
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा थप कडाई गर्न उच्चस्तरीय समितिकाे सिफारिस



अ+ अ-

काठमाडाैंः कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन बढाउँदै थप कडाई गर्न सरकारलाई सिफारिस गरेको छ ।

आइतबार बसेको समितिकाे बैठकले जेठ ५ गतेपछि लकडाउन थप कडाई गर्न सरकारलाई सिफारिस गरेको हो । लकडाउनका कारण ठूलो दुर्घटनाबाट जोगिएको अवस्थामा थप कडाई गर्ने विषयमा सरकारलाई सिफारिस गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताउनुभयो ।

बजेट छुट्याएरै भएपनि स्थानीय तहहरुमा स्थापना भएका क्वारेन्टिनहरुलाई व्यवस्थित गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।

उहाँले भन्नुभयो, ‘‘संक्रमित संख्या बढ्दो छ । दुई जनाको दुःखद निधन भएको खबर पनि आएका छन् । लकडाउन नभएको भए अझ अवस्था भयावह हुन्थ्यो भन्ने बैठकको निष्कर्ष छ । लकडाउन अझ कडाई गर्दै लैजाने र स्थानीय तहहरुमा स्थापना भएका क्वारेन्टिनहरुलाई व्यवस्थित गर्दै लैजाने बैठकको निष्कर्ष छ ।’’

बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी गर्ने, आपूर्ति व्यवस्थालाई सहज गर्दै दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति गर्ने निर्णय पनि गरेको छ ।