५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौर्य एयरलाइन्स दुर्घटनाः मृतक को-पाइलटका पिता भन्छन्– ममाथि ह्यारेसमेण्ट भयो, उसको आत्मा नरोओस्



अ+ अ-

काठमाडौँ । २०८१ को साउन ९ गते सौर्य एयरलाइन्स दुर्घटनामा परी ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवालका पिता ओम कटुवालले विमान दुर्घटनाका लागि अध्यययन गर्न गठित आयोगका संयोजकले आफूमाथि ह्यारेसमेण्ट गरेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बिहीवार प्रतिवेदनमाथि छलफल भएको हो ।

छलफलका क्रममा बोल्दै उहाँले आयोगका अध्यक्ष पक्षपाती भएको आरोप लगाउनु भयो । उहाँले आफूसँग कुरा गर्न जाँदा समेत ह्यारेसमेण्ट गर्नुभएको र आफूले खाइरहेको औषधि समेत रोकेको उहाँको आरोप छ । कुराकानीमा सोझै सुशान्त जर्मनमा जाँदा फेल भएको रहेछ भन्नेकुरा गर्नुभएको बताउनु भयो । प्रारम्भिक प्रतिवेदन र अहिलेको प्रतिवेदनमा फरक रहेको उहाँको आरोप छ । मरेर गएको व्यक्तिमाथि दोष थुपारिनु र सबै दोष उसैलाई लगाउन नहुने बताउनु भयो । दोष जति सबै एउटामाथि थुपारेर मरेको मान्छेको आत्मालाई नरुवाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आयोगको अध्यक्षज्यु वायसनेस भएको आशंका मलाई छ । किनकी उहाँ मेरोमा अन्तरवार्ता लिन जाँदा नै उहाँले मलाई ह्यारेसमेण्ट गर्नुभयो । मैले खाने औषधिहरु समेत उहाँले गर्नुभयो । उहाँले सोझै यो त जर्मनमा जाँदा फेल भएको रहेछ भन्नुभयो । यसमा टेक्निकल कुरा मलाई थाहा हुँदैन । प्रारम्भिक प्रतिवेदन र अहिलेको प्रतिवेदनमा फरक छ । वेट चार्ट जब भरिएर आउँछ, त्यसपछि पाइलटले हस्ताक्षर गर्ने होला । कोपाइलटले नै गरेको भन्ने थियो । अर्को अहिले कार्यरत पाइलटले पछि अन्तरवार्ता लिएर आएपछि जुन आयो त्यो त मैले नै साइन गर्थें भन्नुभएको छ । शुरुदेखि नै यसमा आशंका छ । उ बोल्न सक्दैन कहाँ छ, तर दोष किन उमाथि ? यदी उ माथि दोष ुसनियोजित थुपारिन्छ भने अध्यक्षज्यु छिमेकी जिल्ला तपाईंकै जिल्लामा साढे ४ वर्ष सेवा गरेको छु, तपाईंको पनि छोरो पाइलट छ । तपाईंको आत्मसन्तुष्टि छ भने मेरो भन्नु केही छैन । उ माथि हुँदा पनि उसको आत्मा नरोओस् । ’

उहाँले क्याप्टेनको कमाण्ड भएपछि कोपाइलटमाथि मात्रै किन शंका गरियो ? भन्दै प्रश्न गर्नुभयो । २०८१ को साउन ९ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । जहाँ १८ जनाको ज्यान गएको थियो ।