५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

इन्टरनेट अभावले सामाजिक सुरक्षाका लाभग्राहीको ‘बायोमेट्रिक’मा समस्या

इन्टरनेट अभावले सामाजिक सुरक्षाका लाभग्राहीको ‘बायोमेट्रिक’मा समस्या
अ+ अ-

दार्चुला । शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा इन्टरनेट सुविधा नहुँदा सामाजिक सुरक्षाका लाभग्राहीको नवीकरणमा समस्या भएको छ । सरकारले ज्येष्ठ नागरिकलगायत लाभग्राहीको बायोमेट्रिक प्रमाणीकरण गरेर मात्र नवीकरण गर्नुपर्ने व्यवस्था गरेपछि वडाहरुमा नविकरण गर्न समस्या भएको हो ।

वडा नं. १ का सचिव शेरसिंह खडायतका अनुसार इन्टरनेट विना बायोमेट्रिक सम्भव छैन । “समयमै इन्टरनेट नचल्दा ज्येष्ठ नागरिक वडामा आएर समस्यामात्र भोग्नुपरेको छ”, उहाँले भन्नुभयो । एकातिर दोहोरो वडाको जिम्मेवारी छ । अर्कोतिर इन्टरनेट छैन् । सेवाग्राहीले हामीलाई सेवा नदिएको गुनासो मात्रै गर्छन् । समस्याबारे स्थानीय सरकारले समयमै चासो नलिएको खडायतको गुनासो छ ।

सामाजिक सुरक्षा लाभग्राही दिनहुँ वडामा पुगेर फर्किन बाध्य भएको शैल्यशिखर वडा नम्बर ७ का वडा सचिव भुपेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । वडामा राम्रो ल्यापटप कम्प्युटर छैन् । इन्टरनेट छैन् । सेवाग्राहीको मात्रै दिनहुँ भीड लाग्ने गरेको छ ।

मोबाइल नेटवर्कको स्थिति पनि दयनीय छ । “नेटवर्कका लागि कार्यालय बाहिर मोबाइल झुण्ड्याएर काम गर्नुपर्छ, तर दुईवटा मोबाइल खस्दा बिग्रिसके”, जोशीको गुनासो छ ।” उहाँका अनुसार कम्प्युटर, ल्यापटप र इन्टरनेट भएमात्र सेवा प्रभावकारी हुन्छ ।

“गत वर्षसम्म चिठीपत्र पठाउन मोबाइलमा रिचार्ज हालेटर डाटा प्रयोग गर्थे”, सचिव जोशीले भन्नुभयो”, मोबाइलबाट डाटा चलाएको रकमसमेत बेरुजु आयो, यस्तो अवस्थामा वडाले अहिले ज्येष्ठ नागरिकको बायोमेट्रिक प्रणालीबाट कसरी कामगर्न सक्छ, डाटा चलाउँदा रु पाँच हजार खर्च भएको थियो ।”

वडा सचिव जोशीका अनुसार नगरपालिकाले वडासम्म इन्टरनेट पहुँच पुर्‍याउन सकेको छैन । वडा नम्बर ४, ५, ७ र ८ मा डाटासमेत राम्रो सँग चल्दैन् । यहाँका नौ वडामध्ये अन्य वडामा समेत डाटाले राम्रोसँग कामगरिरहेको छैन । वडा कार्यालयभित्र मोबाइल नेटवर्कसमेत आउँदैन ।

नेटवर्कका लागि कार्यालयको बाहिर मोबाइल झुण्ड्याएर काम गर्नुपरेको जोशीको गुनासो छ । “दुईवटा मोबाइल नेटवर्कका लागि झुण्डयाएकै अवस्थाम खसेर बिग्रिसक्यो यो समस्या कसलाई सुनाउनु रु कार्यालयमा काम गर्न कम्प्युटर, ल्यापटप र इन्टरनेट भएमात्रै सेवा प्रभावकारी हुन सक्छ”, उहाँले भन्नुभयो ।

वडा नं २ का सचिव मनोरथप्रसाद भट्टले पनि इन्टरनेट नचल्दा सेवाग्राहीलाई समयमै सेवा दिन नसकिएको बताउनुभयो । “बुढा आमाबुबालाई बोकेर कार्यालय ल्याउँदा पनि सेवा नदिएर फर्काउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो”, काम गरौंभन्दा पनि इन्टरनेटले काम नगर्दा हामीले समस्या भोग्नुपरेको छ ।”

नगरपालिकाका एमआइएस अपरेटर राजमती खडायतका अनुसार वडा नं ४, ५, ७ र ८ मामोबाइल डाटा नै चल्दैन । यहाँका अन्य वडामा भने थोरै मात्र काम हुने अवस्था छ । “अहिलेको समयमा इन्टरनेट विना कुनै पनि काम सम्भव छैन, वडाको कामप्रभावकारी बनाउन र समयमै सामाजिक सुरक्षा लाभग्राहीको वायोमेट्रिक विवरण अपलोड गर्न वडामा इन्टरनेट र ल्यापटप तुरुन्तै उपलब्ध गराउनुपर्छ”, उहाँले भन्नुभयो । हाम्रा ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुने अवस्था आउने उहाँको भनाइ छ ।

नगरपालिकाका सूचना अधिकारी भोजराज भट्ट वडासचिवले इन्टरनेटको समस्याबारे पटकपटक कुरा उठाएको बताउनुहुन्छ । “वडामा भौतिक पूर्वाधार समस्या विस्तारै कम हुँदै गए पनि इन्टरनेट, ल्यापटप लगायतका उपकरणको समस्या व्यहोरेका छन्, यो समस्याबारे कार्यपालिका बैठकमा जानकारी गराउँछु”, भट्टले भन्नुभयो ।

नगर प्रमुख विजयसिंह धामीले नेपाल टेलिकमसँग इन्टरनेटको समस्या समाधानका लागि आग्रह गरे पनि समाधान नभएको बताउनुभयो । “नगरपालिकाले सबै वडामा फाइबर नेटवर्क तान्न सक्ने अवस्था छैन, यो निकै महङ्गो पनि छ”, उहाँले भन्नुभयो, “प्राइभेट इन्टरनेट जडान गरे पनि प्रभावकारी भएन् ।” अझै पनि वडामा इन्टरनेटको विकल्प खोजी भइरहेको छ ।

ल्यापटप अभावबारे आफूलाई जानकारी नभएको बताउँदै नगर प्रमुख धामीले भन्नुभयो, “ल्यापटप छिट्टै पठाउँछौं, यो सामान्य कुरा कर्मचारीले पनि गर्न सक्थे, कार्यालय सञ्चालन खर्चबाट खरिद गर्दा समाधान निस्कन्थ्यो ।”