६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको प्रतिवद्धता पत्र सार्वजनिक

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको प्रतिवद्धता पत्र सार्वजनिक
अ+ अ-

काठमाडौँ। नेपाल पर्यटक यातायात व्यवसायी सङ्घले आफ्नो विगतको उपलब्धि र आगामी योजना सार्वजनिक गर्दै २२औँ साधारण सभामा भिम बहादुर गोले नेतृत्वको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान गरेको छ।

सङ्घले स्थापना कालदेखि पर्यटक यातायात कार्यविधि–२०६८ ल्याउन, इन्धन खपत मिलानको व्यवस्था कायम गराउन, कोभिड–१९ को समयमा लगाइएका जरिवाना छुट गराउन, बैंकद्वारा लिलामीको प्रक्रियामा रहेका व्यवसायीको हित रक्षा गर्न, र पर्यटन क्षेत्रमा भ्याक्सिनको व्यवस्था गर्न जस्ता कार्य सम्पन्न गरेको उल्लेख गरिएको छ।

वर्तमान अध्यक्ष वेदराज बास्तोला नेतृत्वको कार्यसमितिको उपलब्धिहरूमा, पर्यटक यातायातका ठूला सवारी साधनलाई होटल मल्लदेखि सोह्रखुट्टेसम्म २४ घण्टा चल्न पाउने व्यवस्था, उपत्यकामा पार्किङ तथा पिकअप–ड्रपको समस्या समाधान, संघीय पर्यटन ऐन तथा यातायात ऐनमा पर्यटक यातायातको छुट्टै पहिचान कायम गर्ने पहल, पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै नयाँ भाडादर तय गर्ने कार्य, ट्राफिक प्रहरीद्वारा गरिएका अनावश्यक अवरोध रोक्ने प्रयास, राहत कोष स्थापना, बक्यौता असुलीमा अग्रसरता, बिजुली सवारी साधनलाई पर्यटक सवारीमा रूपान्तरण गर्ने अवरोध हटाउने, र २० वर्ष नाघेका विदेशी सवारी साधनमा पत्रु नीति लागू नगर्न मन्त्रालयमा दबाब सिर्जना गर्ने कार्य प्रमुख छन्।

सङ्घका अनुसार हाल पाइपलाइनमा रहेका कामहरूमा प्रदेशीय कार्यालयहरू विस्तार, बागमती प्रदेश सरकारले हरियो नम्बर प्लेट हटाउने कानुनको विरोध, होटल–रिजोर्टपछिको दोस्रो ठूलो लगानी भएको पेशालाई जोगाउन सक्षम टिम अगाडि बढाउने, चालक–सहचालकलाई मर्यादित बनाउने कार्यक्रम, तथा १३औँ साफ गेम, लगानी सम्मेलन र अन्तर्राष्ट्रिय भ्रमणहरूमा उत्कृष्ट सेवा प्रदान गरेर सङ्घलाई ‘विशिष्ट यातायात सेवा प्रदायक संघ’ का रूपमा मान्यता दिलाउने पहल पर्छन्।

सङ्घले आफ्नो प्रतिवद्धता पत्रमार्फत नेपालको पर्यटक यातायात क्षेत्रमा मर्यादा, अधिकार र व्यवसायिक सुरक्षाको लागि जुझारु नेतृत्व अपरिहार्य भएको भन्दै भिम बहादुर गोले टिमलाई समर्थन गर्न सबै सदस्य व्यवसायीहरूलाई आग्रह गरेको छ।