काठमाडौँ । द्वन्द्वपीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।
पछिल्लो पटक सरकारले गरेको नियुक्तिमा दलीय भागबण्डा भएको र अयोग्य व्यक्तिहरुलाई छानिएको भन्दै पीडितहरुले बुधबार रिट दर्ता गरेका हुन् ।
यसअघि सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ गरेको थियो । मंगलबार दरपीठविरुद्ध पीडितहरुले दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले दरपीठ आदेश बदर गरेको थियो ।
दरपीठ बदर भएसँगै नयाँ रिट दर्ता गरिएको रिट निवेदक गीता रसाइलीले बताइन् । द्वन्द्वपीडितहरुले दुवै आयोगमा सरकारबाट हालै भएको नियुक्ति संविधान र ऐनको प्रावधानविपरीत भएकाले बदर हुनु पर्ने माग गरेका छन् ।










