६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

दार्चुलाको छाङरु गाउँको कथा- बन्द ढोका, सुनसान बस्ती र बाँझोबारी

दार्चुलाको छाङरु गाउँको कथा- बन्द ढोका, सुनसान बस्ती र बाँझोबारी
अ+ अ-

  
नारायण ढुङ्गाना   
दार्चुला (रासस) : ‘फोहर मलाई’, ‘फोहर जथाभावी नफालौँ’, ‘डस्ट विनको प्रयोग गरौँ,’ चोकचोकमा सरसफाइसम्बन्धी सन्देशमूलक ‘साइन बोर्ड’हरु लहरै देखिन्छन् । भुइँ, बाटो र बस्ती सबै सफा छ । गाउँ आकर्षक र सुन्दर छ । चारैतिर सेताम्मे हिमालको पर्खाल छ । दिउँसो घाम छिप्पिएसँगै सेतो हिमाल चम्किन्छ र गाउँतिर फर्किएर हाँस्छ । अनि यसै त सुन्दर यो गाउँलाई झनै आकर्षक र उज्यालो बनाइदिन्छ ।    
    
आकाश खुलेपछि हिमाली वातावरण अझ उज्यालिएर आउँछ । त्यसपछि त्यही मौसम सुहाउँदो गरी चिटिक्क पारेर बनाइएका घर ठाउँ ठाउँमा थुपुप्क मिलेर बसेझैँ देखिन्छन् । पत्रे ढुङ्गामा सेतो माटोको जडानले बनेको घरको गाह्रो, सुदूरपश्चिमको शैलीमा कँुदिएका काठका बान्की परेका दलिन, झ्याल र ढोकाले सजिसजाउ देखिन्छन् घरहरु । कतै जस्ता, कतै काठ त कतै ढुङ्गाले नै मोडेको छानो माथिबाट हेर्दा रङ्गीन बुटाझैँ आकर्षक देखिन्छ ।    

 

ढुङ्गाको छपनीको आँगनसँगै चौकुना जोडिएका साना साना तर हिँड्न सजिलो हुनेगरी बनाइएका गल्ली छन् । चारैतिर हिउँले ढाकिएको पहाडले थप सिङ्गारिदिएको दार्चुला जिल्लाको हिमाली क्षेत्र व्याँस गाउँपालिका–१ को छाङ्रु बस्ती । कतिपय घर आधुनिक शैलीका भए पनि अधिकांशले स्थानीयतालाई नै रुचाएको देखिन्छ । त्यसैले घर निर्माणका लागि स्थानीय उत्पादन नै प्रयोग गरेका छन् । कुनै घरमा बार्दली निकालेर रङरोगनले टिलिक्क पारिएको छ । बुट्टेदार काठका झ्याल र ढोकामा काठकै चम्किलो रङ सुहाएको देखिएको छ ।    
    
फूलका गुच्छा बाँधिएझैँ मिलेर बसेको बाक्लो बस्तीभित्र बनाइएका गोरेटो बाटो भने भित्रभित्रै मानिस हराउलाझैँ निकै घुमाउरा छन् । करिब ५०० मिटर तल रहेको गागामा पनि उस्तै छन् घर । गागामा जितबहादुर बोहराले बनाएको घर त्यस गाउँकै नमूना मानिन्छ । रिसोर्टजस्तै मन लगाएर बनाइएको घरमा पुग्ने जो पनि लोभिन्छ । त्यही घरमा उहाँले पछिल्लो समय होटल पनि सञ्चालन गर्नुभएको थियो ।    
    
बस्ती र घर जति सुन्दर र चेतनशील देखिन्छ मानिसको बसाइँको अभावले त्यति नै सुनसान छ छाङ्रु । यहाँको ११५ घरधुरीका मानिस सदरमुकाम खलङ्गा र त्यस आसपासमा बसाइँ सरेका छन् । गाउँले नफर्किंदा त्यति सुन्दर गाउँमा चहलपहल शून्य छ । हरेक घरका ढोकामा ताल्चा झुन्डिएका छन् । खिया लागेर पछि नखुल्ला भनेर होला सायद ताल्चाको माथिबाट प्लास्टिकले मोडिएको देखिन्छ ।    
    
घरका चेपमा दाउराको चाङ सजिएको छ । घरका खुला झ्यालबाट मानिस छिर्न नसकोस् भनेर दाउराले टम्म पारिएको छ । आ–आफ्नो घर बारीलाई दाउराले बारेर छुट्याइएको छ । कतिपयको बारीमा कलकलाउँदो लसुनले पोटी हालेको देखिन्छ । तर धेरैको बारी बाँझै छ । स्याउका बिरुवामा फूल खेल्न थालेको छ । कतै नयाँ बिरुवा हेरचाहको कमीले सुक्न पनि थालेको देखिन्छ ।    
    
यति सुन्दर बस्तीमा विकास र आयआर्जनका कार्यक्रम सञ्चालन भएको कुरा यहाँ टाँसिएका साइन बोर्डबाट प्रष्ट हुन्छ । बोर्डमा ब्याँस ऋषि सामुदायिक संस्थाले गरेका गतिविधि प्रष्टसँग उल्लेख छ । उक्त बस्तीका समुदाय गलैँचा बुन्ने, होटल व्यवसाय, आरन व्यवसाय, जडीबुटी सङ्कलन, मौसमी व्यापारका कार्यक्रम सञ्चालन भएको प्राप्त विवरणबाट थाहा हुन्छ । हिमाली क्षेत्र भए पनि छाङ्रुको बस्ती अन्य बस्तीको तुलनामा विकसित छ ।    
    
तर ६ महिना बाक्लो हिउँ पर्ने भएकाले उनीहरु बेँसी झर्छन् । ६ महिनामात्रै गाउँमा बस्छन् । यसपालि गत असोजमा बँेसी झरेका उनीहरु अहिलेसम्म फर्केका छैनन् । सुनसान गाउँमा एकजना चाउरे तामाङको परिवार बाध्यताबस बस्ने गरेको छ । एउटा घरमा काम गर्न बसेकाले अन्त कतै जाने ठाउँ नपाएर गाउँमै बस्नुपरेको चाउरेले बताउनुभयो । बेँसी झरेका कोही फर्किएर आएका छैनन्, म मात्रै गाउँमा, उहाँले भन्नुभयो । उहाँका अनुसार फापर, गहुँलगायत गाउँमा हुने अन्नबाली अहिले हराभरा भइसक्नुपर्ने थियो । तर त्यो बारी घाँसे चौरजस्तो बाँझो छ । उहाँ बेलाबेलामा जङ्गलमा च्याउ खोज्न जानुहुन्छ । एक्लैले खेती गर्न सक्ने कुरा पनि भएन ।    
    
भारत र चीनको सीमा जोडिने व्याँस गाउँपालिका–१ छाङ्रुमा ११५ घरधुरी छन् । त्यस्तै तिङ्करमा ६९ घरधुरी छन् । यहाँको जनसङ्ख्या एक हजार २२० छ । मानिस घर फर्कन नपाउँदा खेती लाग्ने ठाउँ बाँझो छ । अघिपछि भारतबाट रासन ल्याइन्थ्यो अहिले लकडाउनले गर्दा जान पनि दिइँदैन । पुलमा बार लगाएर राखिएको छ । त्यसकारण उनीहरुलाई रासनको समेत समस्या छ । अहिले बाली लगाउन नपाएपछि भोलि के खाने ? भोकमरी लाग्ने हो कि भन्ने चिन्ताले गाउँलेलाई छोएको छ ।    
    
विश्वव्यापी महामारीका रुपमा फैलिएको रोग कोभिड–१९ का कारण मुलुक बन्दाबन्दी भएको दुई महिना पुग्न लाग्यो । बन्दाबन्दीले विश्व प्रभावित छ । यो समयमा धेरैजसो मानिस आफ्नै घरमा बस्न बाध्य छन् । बाहिर रहेका धेरै मानिस घर फर्किसकेका छन् । तर दार्चुला जिल्लाको विकट हिमाली क्षेत्रका मानिस भने त्यही बन्दाबन्दीका कारण घर फर्कन पाएका छैनन् । उनीहरु फर्किन नपाएको बाटोको समस्याले हो ।    
    
नेपालबाट जान सडक छैन । हिँडेर जान सकिँदैन । सबै आउजाउ हुने भारतको बाटो लकडाउनका कारण बन्द छ । दार्चुला सदरमुकाम खलङ्गाबाट भारतको धार्चुला हुँदै आउने बाटोमा भारतले प्रवेश निषेध गरेको छ । भारतले बाटो प्रयोग गर्न नदिँदा बँेसी झरेका स्थानीयवासी त्यही अलपत्र परेका छन् ।    
    
अघिपछि हो भने उनीहरु चैतमै गाउँ फर्कन्थे । तर यसपालि बन्दाबन्दीले रोकिएका छन् । हिँडेर जान चार÷पाँच दिन लाग्छ । त्यही पनि गोरेटो बाटो राम्रो नहुँदा ठूलो जोखिम हुने गर्छ । बाटो नभएकाले कोही आएका छैनन्, त्यही भएर हाम्रो गाउँँ अहिलेसम्म सुनसान छ, यहाँ सशस्त्र प्रहरीको विओपी राख्ने क्रममा सेनाको हेलिकप्टरबाटै गाउँ फर्किएकी स्थानीय सुधा बोहराले भन्नुभयो । उहाँ थप्नुहुन्छ, सरकार हामीलाई बाटो देऊ अरु केही चाहिँदैन, हाम्रो सीमा रक्षा गर्न हामी आफैँ सक्षम छौँ । अहिलेसम्म यो क्षेत्रको रक्षा गर्ने यही गाउँका मानिस हुन् । यहाँको तिङ्कर खोलापारि नै नेपाली बस्ती भएकाले पल्लो काली नदीबाट भारतीय प्रवेश गर्न पाएका छैनन् । जुन यही बस्तीका कारण उनीहरु रोकिनुपरेको थियो ।    
    
स्थानीय द्रौपदी आयतवाल जसोतसो गरेर गोरेटोबाट छिचोलेर पाँच दिनमा छाङ्रु आइपुग्नुभएको छ । उहाँ गत पुस २५ मा भारतको बाटो हुँदै जानुभएको थियो । तर बन्द खुल्ने छाँट नदेखेपछि हिम्मत गरेरै हिँडेर आएको उहाँले बताउनुभयो । चैतमा आउनुपर्नेमा उहाँ आउन सक्नुभएन । वैशाख पहिलो साता गाउँले सबै बस्तीमा आइपुग्थे । तर यसपालि जेठ लाग्दा पनि फर्कन पाएका छैनन् ।    
    
स्थानीयवासीले सदरमुकाम खलङ्गामा घर जान पाऊँ भन्दै केहीदिनअघि प्रदर्शन गरेका थिए । प्रमुख जिल्ला अधिकारीलाई भेटेरै घर फर्कने वातावरण मिलाइदिन अनुरोध गरेका थिए । उनीहरुले सडक तत्काल बनाउनसमेत माग गरेका छन् । दार्चुलाका प्रमखु जिल्ला अधिकारी यदुनाथ पौडेल स्थानीयवासीको माग जायज भए पनि अहिलेको अवस्थामा केही गर्न नसक्ने बताउनुहुन्छ । भारतले बाटो नै सिल गरेकाले जाने अवस्था नै नरहेको उहाँले बताउनुभयो ।  सरकारले यहाँको ८६ किलोमिटर सडक नेपाली सेनालाई बनाउन दिने हालै निर्णय गरेको छ । त्यो सडक बनेपछि मात्रै स्थानीयवासीका लागि सहज हुनेछ ।    
    
झुगु–झुमा पनि सीमामै अलपत्र    

यहाँ मान्छेमात्र होइन, चौँरी खच्चर, झुगु–झुमासमेत बस्ती फर्कन पाएको छैन । सबै नेपालको सीमापारि भारतमा अड्किएर बसेको छ । आउने प्रयास गर्छ तर भारतले लगाएको बार तगारो बनिदिएको छ । नदी तर्न खोज्छ, पस्न सक्दैन । यत्रतत्रबाट बाटो खोजेर भौँतारिएको छ चौँरीह। गत बिहीबार ती चौँरी यत्रतत्रबाट घर जाने बाटो खोज्दै थिए । चौँरी मानिससँग गत असोज कात्तिकमै बँेसी झरेको थियो । स्थानीय द्रौपदी आयतवाल भन्नुहुन्छ, मेरो झुगु–झुमा सब पारि छ, भारतीयले बार लगाएको छ, आउनै दिँदैन, नदीबाट आउन सक्दैन, उहाँले दुखेसो पोख्नुभयो ।    
मान्छेसँगै चोरी पनि फर्कने समय हो । गर्मी बढ्न थालेकाले चौँरी आफैँ गाउँ फर्केको हो । तर बीचैमा (भारतीय भूमि) मा अलपत्र परेको छ । भारतीयले लगाएको तारमा अड्किएर धेरै चाँैरी घाइते भएको स्थानीयवासी धौलासिंह बोहराले बताउनुभयो । गाईलाई मात्रै छाड्दिए पनि आफ्नो घरमा आएर त बस्थ्यो, उहाँले गुनासो गर्दै भन्नुभयो, यसमा स्थानीय तहले छलफल गरेर निकास निकालिदिए हुन्थ्यो । भारतमा जताततै गाई छन् कुनै आधा बाटोमा आउँदै छन्, मालिक छैन, कहाँ गयो कता गयो, कति त हरायो पत्तै छैन, बोहराले थप्नुभयो ।    
    
यसपालि नेपाल सरकारले सशस्त्र प्रहरी राखेपछि गाउँलेमा एक खालको खुशी छाएको छ । गत वैशाख ३१ गते यहाँ सीमा रक्षाका लागि २५ जनाको सशस्त्र प्रहरीको टोली पु¥याइएको छ । उनीहरुले सीमाको नियमित गस्ती पनि थालिसकेका छन् ।