काठमाडौं । राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा दुई पक्षबीच विवाद हुँदा हात हालाहाल भएको छ ।
केही युवाहरु मञ्चमा उक्लिएर होहल्ला गरेपछि हात हालाहालको स्थिती भएको हो । त्यसपछि औपचारिक कार्यक्रम सुरु नभइसकेकाले धैर्यपूर्वक बस्न आह्वान गरिएको थियो ।
राप्रपा युवा संगठनमा अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीच विवाद छ ।
कार्यक्रम स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएका छन् । अहिले स्थिति नियन्त्रणमा आईसकेको छ ।
















