६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

देशभर २८ हजार बढी कैदीबन्दीः ६०१ जना ज्येष्ठ नागरिक, १ हजार ४ सय २७ विदेशी

देशभर २८ हजार बढी कैदीबन्दीः ६०१ जना ज्येष्ठ नागरिक, १ हजार ४ सय २७ विदेशी
अ+ अ-

काठमाडौँ । नेपालमा ७२ वटा जिल्लामा ७५ कारागारहरु रहेका छन् । जसमध्ये भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन् । गृहमन्त्री रमेश लेखककाअनुसार काठमाडौं, दाङ र बाँकेमा एउटै जिल्लामा दुई वटा कारागार छन् ।

बुधवारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कारागार व्यवस्थापनका निमित्त केही नीतिगत र कानूनी व्यवस्था रहेको बताउनु भयो । कारागार ऐन, २०७९, मुलुकी अपराध संहितामा कारागारका सम्बन्धमा व्यवस्थाहरु उल्लेखित रहेको बताउनु भयो । मुलुकी फौजदारी कार्यविधि संहिताले पनि केही कुराहरु निर्देश गरेको उल्लेख गर्नुभयो ।

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ मा पनि केही कुराहरु रहेको बताउनु भयो । कारागार नियमावली, २०२० पनि रहेको र यसलाई समय सापेक्ष रुपले संशोधन र परिमार्जन गर्न नियमावली अघि बढाइसकेको र नयाँ मस्यौदा मन्त्रीपरिषद्मा पुगेको बताउनु भयो । चाँडै नै नयाँ नियमावली जारी गर्ने गृहमन्त्री लेखकको भनाइ छ । फौजदारी कसुर कैद कट्टा नियमावली, २०७६ ले पनि कारागार सम्बन्धमा केही कुराहरु बोलेको बताउनु भयो ।

नेपालमा बन्दीहरुको संख्या

देशभर अहिले २८ हजार ७ सय १८ जना बन्दी कैदीहरु रहेका छन् । यो तथ्यांक २०८२ को असार मसान्तसम्मको हो । गृहमन्त्री लेखकका अनुसार थुनुवा पुरुषतर्फ ९ हजार ८ सय ३९, महिला थुनुवा ५ सय ९६ गरी कुल १० हजार ४ सय ३५ जना रहेका छन् । कैदीहरुमा पुरुषतर्फ १७ हजार ३ सय २९ जना र महिलातर्फ ९ सय ५४ जना गरी कुल १८ हजार २ सय ८३ जना रहेका छन् । थुनुवा र कैदी गरेर पुरुषतर्फ जम्मा २७ हजार १ सय ६८ र महिलातर्फ १ हजार ५ सय ५० गरी २८ हजार ७ सय १८ जना रहेका छन् ।

६०१ जना ज्येष्ठ नागरिक कैदीबन्दी

गृहमन्त्री लेखकले ६५ वर्ष माथिका ६०१ जना कैदीबन्दी रहेको बताउनु भयो । उहाँकाअनुसार आश्रित बालबालिकाको संख्या ६४ जना रहेका छन् । कुनै मानिस थुनुवा वा कैदीका रुपमा आमा रहेको छ भने आमासँगै बस्नुपर्ने बालबालिकालाई पनि आमाको सामिप्यताको लागि राख्ने गरिन्छ ।
नेपालमा विदेशी बन्दीको संख्या १ हजार ४ सय २७
नेपालमा कुल विदेशी बन्दीहरुको संख्या १ हजार ४ सय २७ रहेको गृहमन्त्री लेखकले बताउनु भयो । यो संख्या नेपालमा रहेका २८ हजार ७ सय १८ जना बन्दी कैदीहरुमध्ये हो ।

मुद्दागत कैदीबन्दीहरुको अवस्था

नेपालमा मुद्दाको हिसावले हेर्दा जबरजस्तीकरणतर्फ २५.५४ प्रतिशत, लागुऔषधतर्फ २४.३७ प्रतिशत, कर्तव्य ज्यान मुद्दाको १६.१२ प्रतिशत, सवारी ज्यान तथा सवारी अंगभंगको ४.१६ प्रतिशत, चोरीको ३.८२ प्रतिशत मुद्दाका कैदीबन्दीहरु रहेका छन् ।

कारागारको भौतिक अवस्था 

कारागारको कुल क्षमता पुरुषतर्फ देशभरमा ७५ वटा कारागारको कुल क्षमता १६ हजार ६ सय २५ रहेको गृहमन्त्री लेखकले बताउनु भयो । जम्मा क्षमता १६ हजार ६ सय २५ रहेकोमा पुरुष बन्दीतर्फ २७ हजार १ सय ६८ जना रहेका छन् । देशभरमा रहेका कारागारको कुल क्षमता भन्दा बन्दीको संख्या ६७ प्रतिशत बढी रहेको बताउनु भयो । महिलातर्फ देशभर सञ्चालनमा रहेका ५० वटा कारागारको क्षमता २ हजार ५ सय १ रहेको छ भने महिला बन्दीको संख्या १ हजार ५ सय ५० जना रहेको छ । धनगढी कारागारमा पनि क्षमता करिव २ सय भएकोमा ७ सय जना बन्दीहरु रहेको गृहमन्त्री लेखकले बताउनु भयो ।

विगत दुई वर्षमा सरकारले कारागार बढाउन गरेका कार्यहरु

आ.व. २०८०—०८१ मा थप गरिएको क्षमता १ हजार १ सय ६० जना रहेको छ । सर्लाही कारागारमा १ सय ६०, नौबस्ता कारागारमा १ हजार जना थप गरिएको बताउनु भयो । आव. ०८१—०८२ मा थप गरिएको क्षमता १ हजार ६ सय ३८ जना रहेको छ । नुवाकोट कारागारमा १ हजार ३ सय ७० जना, मोरङ कारागारमा २ सय ६८ जना थप गरिएको बताउनु भयो । पछिल्लो समय नौबस्ता र नुवाकोटमा अलि ठूलो संख्यामा नौबस्तामा १ हजार र नुवाकोटमा १ हजार ३ सय ७० जनालाई थप गरिएको बताउनु भयो । थप गरिएको स्ंख्या न्युन रहेको बताउनु भयो । मुगु कारागारमा महिलातर्फ १६ जनाको क्षमताकासाथ निर्माण भइरहेको र बझाङ कारागारमा पुरुषतर्फ ७५ जना क्षमताका लागि निर्माण भइरहेको बताउनु भयो । हुम्लामा पुरुषमा ३० जना र महिलामा २० जना गरी ५० जनाका लागि निर्माण भइरहेको बताउनु भयो । पाँचथरमा पुरुषमा १ सय ४२ र महिलामा ५० जना गरी जम्मा १ सय ९२ जनाका लागि निर्माण भइरहेको बताउनु भयो । सुर्खेतमा कार्यालय तथा सुरक्षा गार्ड भवन बनाउने काम भइरहेको बताउनु भयो । नुवाकोट कारागार निर्माणको तेस्रो चरणमा प्रवेश गरेको बताउनु भयो । कैलाली, कञ्चनपुर, रसुवामा कारागारको क्षमता थप गर्नेगरी अघि बढ्ने बताउनु भयो । रोल्पा, उदयपुर, भोजपुरमा पनि कारागारको क्षमता थप हुने बताउनु भयो ।

क्षमता भन्दा सात गुणा बढी कैदीबन्दी

रुकुमपश्चिमको कारागारमा क्षमता भन्दा सात गुणा बढी कैदीबन्दीहरु राखिएको छ । सल्यान ताप्लेजुङ, ओखलढुङ्गा र उदयपुरमा ६ गुणा बढी छन् भने सुर्खेत, बैतडी, कैलाली र गुल्मीमा पाँच गुणा बढी कैदीबन्दी रहेका छन् । धनकुटा, घोराही, दाङ, रोल्पा, गोरखा, काभ्रेपलाञ्चोक, सिरहा, सिन्धुलीमा चार गुणा बढी कैदीबन्दी रहेको बताउनु भयो । सल्यानमा चार गुणा बढी कैदीबन्दी राखिएको बताउनु भयो । गृहमन्त्री लेखकले सबै कारागारमा कारागार स्वास्थ्य चौकी रहेको बताउनु भयो । स्वास्थ्यको दरबन्दी पनि रहेको बताउनु भयो । सबै कारागारमा बिरामीको चाप उच्च रहेको बताउनु भयो । मानसिक रोगीको संख्या पनि बढ्दै गएको बताउनु भयो । कैदीबन्दीको स्वास्थ्योपचारका लागि विनियोजित बजेट न्युन रहेको बताउनु भयो । बन्दीहरुको स्वास्थ्य बीमा पनि गर्न शुरु गरिएको बताउनु भयो ।

२ हजार ७५ कैदीबन्दी प्यारोलमा छोडिए  

प्यारोलमा बन्दी छोड्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याइएको गृहमन्त्री लेखकले बताउनु भयो । हालसम्म २ हजार ७५ जनालाई प्यारोलमा राख्न सिफारिस गरिएको छ । गृहमन्त्रीकाअनुसार प्यारोल एउटा विशेष व्यवस्था हो । यसमा कारागारमै नबसीकन राज्य, प्रहरी प्रशासनको नियन्त्रणमा घरमा बस्ने र आवधिक रुपले तारिक जस्तो हाजिर दिने र म उपस्थित छु भन्ने स्थिति हुन्छ । प्यारोलले थोरै भएपनि संख्या घटेको छ । २ हजार ७५ पछिल्लो समय छुट्दा केही संख्या कम भएको बताउनु भयो ।

१ हजार ३ सय ७४ बालबालिका कैदीबन्दी

नेपालमा भक्तपुर, मकवानपुर, विराटनगर, वीरगञ्ज, रुपन्देही, कास्की, बाँके र डोटीमा गरी ८ जिल्लामा ९ वटा बाल सुधार गृह रहेका छन् । २०८२ को असार मसान्तसम्म बालविजयीकर्ताको संख्या थुनुवामा बालक ५ सय ७३ छन् भने बालिका २१ जना रहेका छन् । ५ सय ९४ थुनुवा रहेका छन् । कैदी बालक ७ सय ६३ र बालिका १७ जना गरी जम्मा ७ सय ८० रहेका छन् । कुल बालक र बालिकाको संख्या बालक १ हजार ३ सय ३६ र बालिका ३८ गरी १ हजार ३ सय ७४ बालबालिका कैदीबन्दीका रुपमा रहेको गृहमन्त्री लेखकले बताउनु भयो ।

उहाँकाअनुसार ७ हजार बन्दीहरुलाई उत्पादनमुलक काममा लगाइएको छ ।