१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाउपाको अध्यक्ष रञ्जिता नै रहने निर्वाचन आयोगको निर्णय



file photo
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय गरेको छ ।

हिजो सम्पन्न आयोगको बैठकले पार्टीबाट पदाधिकारी हेरफेर भएको विवरण आएपनि प्रक्रियासम्मत नरहेको निष्कर्षसहित पुरानै अभिलेखलाई निरन्तता दिने निर्णय गरेको हो ।

साउन १४ र १५ गते नाउपाको केहि समुहले काठमाडौंमा राष्ट्रिय भेला गरेर अध्यक्षबाट रञ्जितालाई बर्खास्त गर्ने निर्णय गरेको थियो । भेलाले उनको स्थानमा लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो ।

भेलाको निर्णय अनुसार नाउपाले अध्यक्ष परिवर्तन गरेको जानकारीसहित निर्वाचन आयोगलाई पत्र पठाएको थियो ।