६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

युवालाई लागुऔषधबाट बचाउन सशक्तीकरणका कार्यक्रम ल्याएका छौँः मुख्यमन्त्री शाह

युवालाई लागुऔषधबाट बचाउन सशक्तीकरणका कार्यक्रम ल्याएका छौँः मुख्यमन्त्री शाह
अ+ अ-

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युवालाई लागुऔषधबाट बचाउनका लागि सरकारले सशक्तीकरणका कार्यक्रमहरू ल्याएको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा प्रदेश युवा परिषद्ले आज कैलालीको बर्दगोरियामा आयोजना गरेको कार्यक्रममा उहाँले युवा लागुपदार्थ दुव्र्यसनीमा फस्दै गएकाले यसको नियन्त्रण जरूरी रहेको बताउनुभयो ।

“पछिल्लो समय कुलत भाइरस जसरी फैलिरहेको छ । यसबाट बचाउनका लागि प्रत्येक जिल्लामा युवा सशक्तीकरणका कार्यक्रम अघि बढाएका छौँ”, मुख्यमन्त्री शाहले भन्नुभयो,“युवापुस्तालाई सही मार्गमा ल्याउनका लागि युवाहरूको पहलमार्फत नै विभिन्न कार्यक्रम ल्याएका छौँ । अब तिनको सही कार्यान्वयन गरिनुपर्छ ।”

नेपाली जनताको हकअधिकार स्थापित गर्ने आन्दोलनको नेतृत्व युवा वर्गले नै गरेको चर्चा गर्दै उहाँले युवाहरू रूपान्तरणको संवाहक भएको बताउनुभयो ।

अहिलेको युवावर्गसँग जोडिएर सरकार अगाडि बढ्न चाहेको मुख्यमन्त्री शाहको भनाइ थियो । उहाँले युवा शक्तिलाई सुदूरपश्चिमको विकास र समृद्धिसँग जोड्ने कुरामा सबै मिलेर अगाडि बढ्न आह्वान गर्नुभयो ।

कार्यक्रममा सामाजिक विकासमन्त्री मेघराज खड्काले युवा शक्तिहरूलाई कसरी नेपालमै टिकाउन सकिन्छ भन्नेतर्फ सरकार लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योग, व्यवसाय,  कृषिलगायत क्षेत्रमा युवालाई उन्मुख गराउनका लागि एक पालिका दुई उत्पादनका कार्यक्रम ल्याएका छौँ । युवाको नवीन सोच र सिर्जनशीलतालाई कसरी यही ठाउँमा प्रयोग गर्न सकिन्छ भन्ने सोचका साथ हामी अगाडि बढिरहेको छौँ ।”

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, सुदूरपश्चिम प्रदेश सदस्य सन्तोषी थापा, पूर्वमन्त्री नारदमुनि राना, गौरीशङ्कर थारु, पूर्वराष्ट्रियसभा सदस्य कमला वली, प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनार, बर्दगोरीया गाउँपालिका अध्यक्ष कर्ण कुँवरलगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा कृषि क्षेत्रमा योगदान गर्ने  बर्दगोरीया गाउँपालिका–५ का कृषक कमलदेव चौधरी र विज्ञान क्षेत्रमा योगदान पुर्‍याएको भन्दै खगोलविज्ञ अरुण लोहारलाई जनही रु १० हजार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । अरुणलाई बर्दगोरीया गाउँपालिकाले एक थान ल्यापटप र प्रदेश सरकारले प्रोत्साहनस्वरूप रु एक लाख प्रदान गर्ने घोषणासमेत गरेको छ । रासस