५ श्रावण २०८३, मंगलवार
,
Latest
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

दफावार छलफलका लागि तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक समितिमा



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि समितिमा पठाएको छ ।

सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरु¬ङले ‘राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन आव २०८०÷०८१’ पेस गर्नुभयो ।

बैठकले पूर्वराज्यमन्त्री खड्गबहादुर वस्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उहाँ नेपाली कांग्रेस पार्टीबाट विसं २०६४ र २०७० को संविधानसभा सदस्य हुनुहुन्थ्यो । प्रजातन्त्र र लोकतन्त्र स्थापना एवं संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गर्नुभएका बस्यालको यही साउन २३ गते ७४ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २८ गते बुधबार अपराह्न १ बजे बस्नेछ । रासस




भर्खरै