६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

गुरुङ समुदायमा मनाइयो ट्होटेँ

गुरुङ समुदायमा मनाइयो ट्होटेँ
अ+ अ-

गण्डकी। आज साउनको अन्तिम मङ्गलबार अर्थात् गुरुङ समुदायको मौलिक पर्व ट्होटेँ मनाउने दिन । बर्सेनि साउन र चैतको अन्तिम मङ्गलबार गण्डकी प्रदेशका गुरुङ बाहुल्य बस्तीमा यस पर्वलाई उल्लासपूर्वक मनाउने गरिन्छ ।

परापूर्वकालमा तमु राज्य जोगाउन बैरीलाई सीमा कटाएको सम्झनास्वरूप ट्होटेँ पर्वको सुरूआत भएको मानिन्छ । गुरुङ सभ्यतासँग जोडिएको ट्होटेँ पर्व एक हजार ५०० सय वर्षदेखि अस्तित्वमा रहेको तमु धिँ नेपालका केन्द्रीय सदस्य एवं भाषा तथा संस्कृति विभागका प्रमुख कृष्णकुमार गुरुङले बताउनुभयो ।

आदिमकालमा गुरुङहरू गुफा, गोठहुँदै बस्ती विकासको सभ्यतामा आएपछि यो पर्वको सुरूआत भएको उहाँको भनाइ छ । “बस्ती विकास हुँदै तमु राज्य स्थापनाको बेलामा आइपुग्दा ट्होटेँ पर्वले अझ व्यापकता पाउँदै गयो”, प्रमुख गुरुङले भन्नुभयो, “ट्होटेँ गुरुङ बस्ती र राज्यमा दुःख दिने शत्रुवैरीलाई धपाउनका लागि तन्त्रमन्त्र गरेर मनाइने पर्व हो, यो गुरुङहरूको सभ्यता, संस्कृति र पहिचानसँग जोडिएको मौलिक पर्व हो ।”

तमु धिँ नेपालका अध्यक्ष हुम गुरुङका अनुसार गुरुङ भाषामा ट्हो भनेको राज्य वा गाउँबस्ती र टेँ भनेको राज्यलाई दुःख दिने शत्रुबैरीलाई सीमा नघाएर राज्य सुरक्षित गरेको अर्थमा लिने गरिएको छ । “कबिलाकालदेखि नै तमु (गुरुङ)का स–साना राज्य रहेको र त्यहाँबाट बैरी धपाउन पितापूर्खाहरूले ट्होटेँ पर्वको प्रचलन बसेको मान्यता गुरुङ समुदायमा छ”, उहाँले भन्नुभयो ।

धमु धिँ नेपालको अगुवाइमा यस पर्वलाई विसं २०५२ देखि व्यवस्थित रूपमा मनाउन थालिएको अध्यक्ष गुरुङले बताउनुभयो । ट्होटेँमो प्रकृति पूजा गर्ने चलन रहेको उहाँको भनाइ छ ।

यस पर्वमा गुरुङहरू आफ्ना परम्परागत बाजागाजासहित जातीय पहिरनमा सजिएर झाँकीमा सहभागी हुने गर्छन् । ट्होटेँमा घाटु, सोरठी, चुट्का, कृष्ण चरित्रलगायत मौलिक संस्कृति प्रदर्शन गरिन्छ । यस पर्वमा गुरुङ जातिले प्रयोग गर्ने पुराना हातहतियार, पोसाक, बाजा, झ्याली, चोपडी, सुलाची, चिम्टालगायत सामग्री पनि प्रदर्शन गर्ने गरिएको छ ।

यस पर्वका दिन राति समूहमा बाजागाजा बजाउँदै गाउँ डुल्ने चलन डुल्दा राक्षस र भूतप्रेत भाग्छन् भन्ने किम्बदन्ती छ । ट्होटेँमा आफ्ना पितृको स्मरण सँगसँगै प्रकृतिको पूजाआजा गर्ने चलन रहेको छ । गुरुङ राज्य र गाउँबस्तीमा कसैले आक्रमण नगरोस्, दुःख नदेओस् भनेर ट्होटेँ पर्व मनाउन सुरू गरिएको गुरुङ समुदायको इतिहासमा उल्लेख छ । यो पर्व मनाउनाले गाउँलेको भलो हुने खेतीबाले सप्रने, रोगव्याधि हट्ने र प्राकृतिक विपत्ति नआउने जनविश्वास रहेको छ ।

यस वर्षदेखि चैतमा सामूहिक रूपमा र साउनमा गुरुङ गाउँ र समाज घरमा अलगअलग रूपमा ट्होटेँ मनाउन सुरू गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । पोखरासहित यस क्षेत्रका एक सय ४८ गुरुङ गाउँ र समाजघरमा आज ट्होटेँ मनाइएको उहाँको भनाइ छ । पोखरास्थित धमु धिँ नेपालको केन्द्रीय कार्यालय परिसरमा सांस्कृतिक झाँकीसहित शुभकामना आदानप्रदान गरेर यो पर्व मनाइएको हो ।

सोही अवसरमा जयबहादुर गुरुङको स्मृतिमा स्थापित अक्षयकोषबाट १६ जना दीर्घरोगीलाई रु २५ हजारका दरले उपचार खर्च प्रदान गरिएको थियो । रु एक करोड एक सय ५१ को उक्त अक्षयकोषबाट अहिलेसम्म ६३ जनालाई रु ३१ लाख ३४ हजार प्रदान गरिसकिएको छ ।

गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट पोखरा झरेका गुरुङहरूले ट्होटेँ पर्वलाई संरक्षण गरेका छन् । चैतको अन्तिम मङ्गलबार पनि मनाइने ट्होटेँ पर्वमा भने पोखरामा बृहत् सांस्कृतिक झाँकी प्रदर्शन गर्ने गरिएको छ ।

यो पर्व प्रकृति र संस्कृतिसँग जोडिएको उहाँको भनाइ छ । चैतमा उभौली र साउन उधौलीका रूपमा यो पर्वलाई मनाउने गरिन्छ । ट्होटेँले सामाजिक एकता र भातृत्वको सन्देश दिने अन्नपूर्ण गाउँपालिकाका–९ का वडाध्यक्ष रमेश गुरुङले बताउनुभयो ।

ट्होटेँ पर्वले तुम समुदायलाई आफ्नो इतिहासको पनि स्मरण गराउने गरेको उहाँको भनाइ छ । विसं २०४२ मा तमु धिँ नेपाल गठन भएपछि पोखरामा गुरुङ संस्कृति र संस्कारको जगेर्नामा यो समुदाय जागरुक बनेको हो । ट्होटेँका अवसरमा कास्कीको माछापूछ«े, अन्नपूर्ण र मादी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । रासस