६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रिय र अन्तरराष्ट्रियरूपमा अनुकूल वातावरण छ : केन्द्र

भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रिय र अन्तरराष्ट्रियरूपमा अनुकूल वातावरण छ : केन्द्र
अ+ अ-

काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न राष्ट्रिय र अन्तरराष्ट्रियरूपमा अनुकूल वातावरण तयार भए पनि कानुनी अस्पष्टता, पर्याप्त स्रोतसाधन एवम् प्राविधिक जनशक्तिको कमीलगायत चुनौती रहेको जनाएको छ ।

केन्द्रको २४औँ स्थापना दिवसका अवसरमा सिंहदरबारमा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको २३औँ वार्षिक प्रतिवेदनमा विभिन्न चुनौतीलाई चिर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने दिशामा समन्वय तथा सक्रियताका साथ अगाडि बढेको उल्लेख छ ।

भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न र भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्न प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहनेगरी २०५९ साल साउन २७ गते केन्द्र स्थापना भएको हो । केन्द्रले ‘सदाचार र सुशासनका लागि सतर्कता’ भन्ने मूल ध्येयका साथ काम गरिरहेको छ ।

भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्द्धन गर्ने प्रमुख जिम्मेवारी रहेको केन्द्रले मुख्यरूपमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रवर्द्धनात्मक तथा निरोधात्मक कार्य गर्दै आएको प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले गरिरहेका काम कारबाहीलाई प्रविधिमैत्री बनाउने, भ्रष्टाचार, अनियमिता, ढिलासुस्ती नियन्त्रण गर्ने, सुशासन कायम गर्ने, सरकारी र सार्वजनिक सेवा प्रवाहमा सहजता र सरलता ल्याउने ताकि जनताले ती सेवा प्राप्तिमा कुनै झन्झट, असजिलोपना व्यहोर्नु नपरोस् भन्ने प्रतिबद्धता जनाइएको छ । ”

केन्द्रले भ्रष्टाचार नियन्त्रणका लागि सूचना सङ्कलन गर्ने, सतर्क गराउने, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने, राष्ट्र सेवकहरूको सम्पत्ति विवरण तथा आयको अनुगमन गर्ने, भ्रष्टाचार नियन्त्रणका लागि सम्बन्धित निकायलाई सुझाव तथा निर्देशन दिने कार्य गर्दैआएको छ ।

त्यसैगरी प्राविधिक परीक्षण गर्ने, उजुरी पेटिका राख्ने व्यवस्था मिलाउने एवम् नागरिक वडापत्र कार्यान्वयनको अनुगमन गर्ने र भ्रष्टाचार नियन्त्रणका लागि नेपाल सरकारलाई नीतिगत सुझाव दिनेलगायत कार्य गरिरहेको छ ।

केन्द्रले उजरी व्यवस्थापनतर्फ आर्थिक वर्ष २०८१ र ८२ मा दर्ता भएका एक हजार तीन सय ३० र आर्थिक वर्ष २०८० र ८१ बाट जिम्मेवारी सरी आएका ६ सय ६ गरी कूल एक हजार नौ सय ३६ उजुरीमध्ये छानबिनपछि एक हजार चार सय ५२ उजुरीहरू फछ््र्याैट गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

केन्द्रले ७५ प्रतिशत उजुरी फछ्र्याैट गरेको देखिन्छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ११ प्रतिशतले बढी हो । यसैगरी आर्थिक २०८१/८२ मा सातै प्रदेशअन्तर्गत ३९ जिल्लाका आठ सय १६ कार्यालयमा निगरानी, अनुगमन, छड्के जाँचलगायतका कार्य गरी समय पालना नगर्ने पाँच हजार नौ सय ३७ र तोकिएको पोसाक नलगाउने एक हजार चार सय ६२ जना कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

केन्द्रले हेलो सरकारसँगको सहकार्यमा करिब ५० कार्यालयमा सेवा प्रवाहमा सहजीकरण गरी सेवाग्राहीलाई सहजता प्रदान गरिएको तथा विभिन्न स्थानको सुक्ष्म निगरानी, फाइल ट्र्याकिङ तथा कर्मचारी व्यवस्थापनसँग सम्बन्धित सघन अनुगमन गरेको थियो ।

केन्द्रबाट आर्थिक वर्ष २०८१/८२ मा १२ वटा विकास निर्माणसँग सम्बन्धित आयोजनाको प्राविधिक परीक्षण गरी प्राप्त अपरिपालना कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखी पठाइएको प्रतिवेदनमा उल्लेख छ । गण्डकी, कोशी र मधेश प्रदेशमा सञ्चालित ९६ वटा विकास आयोजनाको अपरिपालनाको स्थलगत अनुगमन गरी प्राप्त वस्तुस्थितिको प्रस्तुतिकरण गरी अपरिपालना कार्यान्वयनका लागि सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिइएको छ ।

विकास आयोजनाको प्राविधिक परीक्षणका लागि दक्षजनशक्ति तयार गर्न २५ जना इञ्जीनीयरलाई २१ दिने प्राविधिक परीक्षक तालिम पनि प्रदान गरिएको छ । साथै विभिन्न आयोजनाबाट नमूना सङ्कलन गरी केन्द्रमा रहेको प्रयोगशालाबाट निर्माण सामग्रीको परीक्षण गरिएको छ ।

सम्पत्ति नबुझाउने पाँच हजार ५०४ राष्ट्रसेवक

केन्द्रले सम्पत्ति विवरण बुझाउने सात लाख ७५ हजार नौ सय ४९ जना र नबुझाउने पाँच हजार पाँच सय चार जना राष्ट्रसेवक कर्मचारीको विवरणसहितको प्रतिवेदन आवश्यक कारबाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाइएको जानकारी दिएको छ । रासस