४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई बोल्दा बोल्दै गाह्रो भएपछि…



अ+ अ-

काठमाडौं ।  प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिन रोष्टममा उभिनु  भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उभिएर रोष्ट्रममा बोल्न गाह्रो भएपछि कुर्सीको व्यवस्था गरिएको छ ।  

सांसदहरुले उठाएका  प्रश्नको जवाफ दिने क्रममा केहीबेर आफ्ना धारण राखेपछि उहाँले आफूलाई उभिएर बोल्न कठिन भएको भन्दै सभामुखसँग बस्ने व्यवस्था मिलाइदिन आग्रह गर्नु भएपछि सभामुखले तल फ्लोरबाटै बसेर बोल्नका लागि आग्रह गर्नुभएको थियो । अपरेसनका क्रममा खुट्टामा केही समस्या भएको र लामो समयसम्म उभिएर बोल्न गाह्रो भएको भन्दै उहाँले बसेर बोल्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो ।  

सांसदहरुलाई नदेखिने भन्दै माथि नै बसेर बोल्ने बताउनु भएपछि  सांसदका महासचिव बसेको स्थान नजिक बस्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले रोष्ट्रममा नै कुर्सीको व्यवस्था गर्न आग्रह गर्नुभएपछि मर्यादापालकले रोष्ट्रममा नै कुर्सीको व्यवस्था गरेपछि त्यहीँबाट आफ्ना घारणाहरु राख्नु भएको थियाे ।




भर्खरै