९ आश्विन २०८१, बुधबार
,
Latest
‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्ने र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई बोल्दा बोल्दै गाह्रो भएपछि…



अ+ अ-

काठमाडौं ।  प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिन रोष्टममा उभिनु  भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उभिएर रोष्ट्रममा बोल्न गाह्रो भएपछि कुर्सीको व्यवस्था गरिएको छ ।  

सांसदहरुले उठाएका  प्रश्नको जवाफ दिने क्रममा केहीबेर आफ्ना धारण राखेपछि उहाँले आफूलाई उभिएर बोल्न कठिन भएको भन्दै सभामुखसँग बस्ने व्यवस्था मिलाइदिन आग्रह गर्नु भएपछि सभामुखले तल फ्लोरबाटै बसेर बोल्नका लागि आग्रह गर्नुभएको थियो । अपरेसनका क्रममा खुट्टामा केही समस्या भएको र लामो समयसम्म उभिएर बोल्न गाह्रो भएको भन्दै उहाँले बसेर बोल्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो ।  

सांसदहरुलाई नदेखिने भन्दै माथि नै बसेर बोल्ने बताउनु भएपछि  सांसदका महासचिव बसेको स्थान नजिक बस्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले रोष्ट्रममा नै कुर्सीको व्यवस्था गर्न आग्रह गर्नुभएपछि मर्यादापालकले रोष्ट्रममा नै कुर्सीको व्यवस्था गरेपछि त्यहीँबाट आफ्ना घारणाहरु राख्नु भएको थियाे ।