१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिसा ढुंगानाको शौन्दर्यको भग्नावशेष विमोचित



अ+ अ-

काठमाडौं । कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कविता संग्रह ‘सौन्दर्यको भग्नावशेष’ बजारमा आएको छ । वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले आज काठमाडौंमा आयोजित कार्यक्रममा सौन्दर्यको भग्नावशेषको विमोचन गर्नुभयो । कार्यक्रममा प्रमुख अथिति अधिकारीले एलिसाको कविताले हरकोहीलाई संवेदित बनाउने बताउनुभयो ।

“जीवन र जगतका सत्यहरुलाई एलिसाले सहज रुपमा कवितामा उतारेकी छिन् ।” वरिष्ठ कवि दिनेश अधिकारीले भन्नुभयो । कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले एलिसाको कवितामा मानिसका सपना र रहरहरुमात्र होइन अवसाद र असन्तुष्टीकाबीच कसरी अघि बढ्ने भन्ने सजगता पढ्न सकिने बताउनुभयो । यसैगरि अर्का वक्ता कवि तथा प्राज्ञ डा. देवी नेपालले एलिसाका कविता सरल तर निकै गम्भीर रहेको बताउनुभयो । “प्रत्येक कवितामा आजका मानिसका आशा र वाध्यता पढ्न सकिन्छ ।” डा. नेपालले भन्नुभयो ।

यसैगरि कवि तथा पत्रकार मणि लोहनीले एलिसाको कविताप्रतिको प्यासेनले आफु संवेदित बनेको बताउनुभयो । त्यसअवसरमा कवि एलिसा ढुंगानाले कविताप्रतिको आफ्नो चाह बालककालदेखि नै रहेको र अझै कवितामा नयाँ नयाँ काम गर्न मन लागेको बताउनुभयो ।

साहित्यकार जीतेन्द्र रसिकले एलिसाका कवितामा पाठकले नयाँपन भेट्ने दावी गर्नुभयो । कार्यक्रममा चलचित्र निर्देशक राजेन्द्र शलभ, कवि गीता कार्की, विमला तुम्खेवा, उद्यमी शुष्मा महरा लगायतले सौन्दर्यको भग्नावशेषभित्रका कविताहरु वाचन गर्नुभएको थियो ।

एईएम ग्रुपका प्रवन्ध निर्देशक अजयकुमार रेग्मीले उपस्थित सबैलाई स्वागत गर्दै स्वास्थ्य र सञ्चारको क्षेत्रमा काम गर्दै आएको एईएम ग्रुपले प्रकाशनको क्षेत्रमा पनि हात हालेको र सबैको सहयेग चाहेको बताउनुभयो । एईएम ग्रुपले प्रकाशनमा ल्याएको सौन्दर्यको भग्नावशेषभित्र तीन खण्डमा ३८ वटा कविता समेटिएको छ । वरिष्ठ कवि तथा कलाकार रमेश श्रेष्ठले आवरण बनाउनु भएको यस कृतिमा वरिष्ठ कविवर वैरागी काइँलाले भूमिका लेख्नुभएको छ ।