१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाह्र वर्षे चण्डेश्वरी अजिमा जात्रा टोलटोल घुमाएर मनाइयो



अ+ अ-

भक्तपुर। भक्तपुरमा १२ वर्षमा एक पटक मनाइने चण्डेश्वरी अजिमा जात्रा मनाइएको छ । लिच्छविकालीन जात्राको रूपमा मनाउदै आइएको जात्रा प्रत्येक १२ वर्षमा एक पटक गाईजात्राको भोलिपल्ट मनाउने परम्पराअनुसार आज मनाइएको हो ।

त्यस क्रममा चण्डेश्रवी अजिमाको मूर्तिलाई खटमा बिराजमान गराई खटलाई चासुखेल चण्डेश्वरी मन्दिर हुँदै सुकुलढोको, पाँचतले मन्दिर, टौमढीलगायत टोलटोलमा घुमाएर मनाएको हो ।

इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर चण्डेश्वरीको यो जात्रा लिच्छविकालीन समयदेखि प्रचलनमा आएको अध्ययनले देखाएको बताउनुभयो । उहाँले आनन्ददेवकै समयमा चण्डेश्वरी अजिमा जात्राको सुरु भएको अध्ययनबाट प्रमाणित भएकाले बताउनुभयो ।

यसअघि विसं २०४२, २०५२,  २०६२ र २०७२ देखि जात्रा मनाइने गरेको स्थानीय बुद्धकृष्ण कर्माचार्यले जानकारी दिनुभयो ।  विसं २०४२ भन्दा अगाडि १२ वर्षे जात्रा ३० वर्षसम्म सञ्चालन हुन नसकी रोकिएकामा निलबाराही धान नपाक्ने समस्या आएपछि जात्रा पुनः सुरु भएको इतिहास रहेको उहाँले बताउनुभयो ।

चण्डेश्वरी मचा खलका अध्यक्ष विजयराम माकले विसं २०५२ विपद् अन्त्यका लागि भन्दै जात्रा मनाएको र २०६२ सालमा चण्डेश्वरी अजिमा मुख्य देवता नै चोरी भएपछि नयाँ देवता बनाएर मनाइएको स्मरण गर्नुभयो ।   विसं २०७२ साल वैशाख १२ गतेको महाभूकम्पपछि सोही वर्ष पनि जात्रा मनाइएको उहाँले जानकारी दिनुभयो ।

यसवर्ष पनि जात्रा मनाउने विशेष पूजा गरी जात्रा मनाइएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष सानुलाल त्वानाबासुले जानकारी दिनुभयो । शक्तिकी देवीको रूपमा मानिदै चाँपको काठबाट बनेको चासुः अजिमालाई खटमा राखि विधिपूर्वक खटलाई भक्तपुर नगरपरिक्रमा गराइएको उहाँले बताउनुभयो । रासस