काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनामुक्ति अदालतले अस्वीकृत गरेपछि उनकी पत्नी निकिता पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो अडान व्यक्त गरेकी छन्।
उनले न्यायका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएकी छन्। निकिताले संविधानले दिएको अधिकारको आधारमा लड्ने प्रतिवद्धता व्यक्त गर्दै लेखेकी छन्, “म थाकेकी छैन, हारेकी छैन।
संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु। सरकारले गरेको अन्याय र प्रतिशोधको सामना गर्दै निरन्तर लडिरहन्छु। मेरो श्रीमानले न्याय नपाएसम्म यो संघर्ष जारी रहनेछ।”









