१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान



अ+ अ-

काठमाडौँ। नेपाल कार्टुनिष्ट क्लबले पाँच जना अग्रज कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान गरेको छ । क्लबले आज यहाँ आयोजना गरेको समारोहमा उहाँहरूलाई सम्मान प्रदान गरेको हो ।

सम्मानित हुनेमा अशोकमान सिंह, जीवन राजोपाध्याय, रविन सायमी, राजेश केसी र अविन श्रेष्ठ रहनुभएको छ । उहाँहरूलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान प्रदान गर्नुभएको थियो ।

पाँच दशकदेखि नेपाली कार्टुन क्षेत्रमा सक्रिय अग्रज कार्टुनिष्ट सिंहको नेपाली कार्टुनको संस्थागत आधार तयार पार्नमा महत्त्वपूर्ण भूमिका रहेको छ । यस्तै, अर्का कार्टुनिष्ट राजोपाध्याय २०४४ सालमा कामना मासिक पत्रिकाबाट कार्टुनिष्टका रूपमा लाग्नुभएको थियो ।

यस्तै, चार दशकदेखि कार्टुनमा सक्रिय अर्का कार्टुनिष्ट रविन सायमीले दृष्टि साप्ताहिकबाट काम थाल्नुभएको थियो भने राजेश केसी तीन दशकदेखि कार्टुन पत्रकारितामा सक्रिय हुनुहुन्छ । यस्तै, अविन श्रेष्ठ २०५० सालदेखि गोरखापत्रबाट कार्नुन पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

कार्यक्रममा कुलपति हार्तम्छालीले यसरी सम्मान प्रदान गर्दा कार्टुन कला सिर्जनामा प्रोत्साहन मिल्ने बताउँदै आगामी दिनमा प्रतिष्ठान पनि सहकार्य गरेर कार्टुन कलाको विकासमा लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आगामी दिनमा कार्टुनलाई एनिमेसनसँग जोडेर लैजानुपर्नेमा जोड दिनुभयो । कृत्रिम बौद्धिकता (एआई) को तीव्रत्तर विकाससँगै कार्टुनलाई पनि सोहीअनुसार रुपान्तरण गर्न जरुरी रहेको कुलपति हार्तम्छालीको भनाइ थियो ।

नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष बासु क्षितिजले कार्टुन क्षेत्रको विकास र यसमा लागिरहेका व्यक्तिहरूको सम्मानका लागि आफूहरू थप क्रियाशील हुने बताउनुभयो ।

सम्मान छनोट समितिका सदस्य केशवराज खनालले सम्मानित व्यक्तिका बारेमा जानकारी दिँदै विगतमा विविध कारणले विसं २०७७ देखि २०८१ सम्म रोकिएको सम्मान आज प्रदान गरिएको हो । हरेक वर्ष एक जना कार्टुनिष्टलाई उक्त सम्मान प्रदान गर्ने गरिएको छ ।

अर्का कार्टुनिष्ट अविन श्रेष्ठले २०७० सालमा आफू क्लबको अध्यक्ष भएका बेला स्थापना भएको उक्त सम्मानबाट आज आफैँ सम्माति हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । रासस