१६ असार २०८३, मंगलवार
,
Latest
सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले नाडा अटो शोको उद्घाटन गर्नुहुने



अ+ अ-

काठमाडौँ । आगामी भदौ ३ गतेबाट हुने नाडा अटो शोको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिती रहने भएको छ । प्रधानमन्त्री ओलीले शोको उद्घाटन प्रधानमन्त्रीले गर्नुहुने नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले जानकारी दिनुभयो।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीसँग भेट गरी नाडा अटो शो उद्घाटनको निम्तो दिएको छ । प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष चौधरीले नाडा स्थापनाको ५० औँ वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी गराउनुभयो ।

यस्तै, उहाँले पहिलो पटक नेपालमा प्रदर्शन हुँदै गरेको युनिट्र रोबोट्स् र डिपल इभटोल युएभी जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्र विन्दु हुने जानकारी गराउनुभयो ।

नाडाले यही आउँदो भाद्र ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा १७औँ नाडा अटो शो २०२५ आयोजना गर्दैछ । शोमा १२५ भन्दा बढी प्रदर्शक तथा ३० भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ ।