६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

गैरआवासीय नेपालीलाई अधिकारसम्पन्न नागरिकता दिन विधेयक मस्यौदा लेखन भइरहेको छः गृहमन्त्री लेखक

गैरआवासीय नेपालीलाई अधिकारसम्पन्न नागरिकता दिन विधेयक मस्यौदा लेखन भइरहेको छः गृहमन्त्री लेखक
अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिक (एनआरएन)लाई नागरिकता दिने व्यवस्था गर्न विधेयक मस्यौदा लेखन कार्य भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको विधेयक व्यवस्थापन समितिको बैठकमा नागरिकतासम्बन्धी विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्थासँग सम्बन्धित नरहेको स्वष्ट पार्नुभयो । उहाँले नागरिकता लिने प्रक्रियामा सहयोग नगरेको खण्डमा आमाको नाम नराखेर पनि नागरिकता लिन सकिने प्रश्ताव स्वीकार गर्नुभयो । उहाँ जबरजस्तीकरणीबाट जन्मिएका बालबालिकालाई नागरिकता दिने विषय समेत विधेयकले सम्बोधन गरेको बताउनु भयो । आमाको थरबाट नागरिकता पाउने व्यवस्था विद्यमान कानूनले नै दिएको भएपनि पैत्रृक सम्पती पाउन मुस्किल हुनेतर्फ बहस र छलफल आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बाबुको नाम नराखेर नागरिकता लिन मिल्छ भने आमाको नाम नराखेर कि नमिल्ने भन्ने प्रश्न उठेको छ । हुन्छ । तर आमा बाबुजति कठोर हुन सक्दैन । आमाको नाम समेत नराखेर नागरिकता लिन मिल्ने कुरालाई ग्रहण गर्छु । यो समस्या हुने समस्या होइन । उजुरी दिने समयावधीमा पनि प्रश्न उठेको छ । कैफियत प्रतिवेदनका लागि निर्णय गर्न कति समय लाग्छ भन्ने कुरामा ३० दिन राखेका हौँ । यसलाई चरणबद्ध रुपले सीमा तोक्ने विषय पनि स्वीकारयोग्य विषय छ । नाबालक भएको बेला स्वघोषणा गलत भएको अवस्थामा तोकिएको सजायबारे पनि सोच्न सकिन्छ । गैरआवासीय नागरिकको नागरिकतासँग यो विधेयक सम्बन्धित नै छैन । गैरआवासीय नागरिकको नागरिकताको लागि छुट्टै विधेयक मस्यौदा लेखन भइरहेको छ । चाँडै नै संघीय सदनमा लैजान्छौं । जबरजस्तीकरणीको बालकको बारेमा भएको व्यवस्था पनि यही विधेयकले समावेश गर्छ । त्यस्ता बालकलाई नागरिकता दिने अधिकार यो विधेयक सुनिश्चित गर्छ । आमाको थरबाट नागरिकता पाउने व्यवस्था अहिलेकै कानूनमा छ । सम्पतीको हकमा समस्याबारे कुरा उठेका छन् । यसबारे छलफल गर्न सकिन्छ ।’

ब्रिटिस गोर्खाका सन्तानलाई नेपाली नागरिकता उपलब्ध गराउने विषय सम्बोधन गर्न संविधान पुनरावलोकन गर्नुपर्ने बताउनु भयो । उहाँले नागरिकता विधेयकलाई छिटो टुंग्याउन समेत समितिसँग आग्रह गर्नुभयो ।